निजी बैंकलाई तत्काल सरकारले आफ्नो मातहत ल्याउनु पर्छ : प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निजी बैंंकहरुलाई तत्काल आफ्नो मातहतमा ल्याउन सरकारसँग माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा उनले निजी बैङ्कहरूलाई राज्यले आफ्नो मातहत ल्याउनुपर्ने आवश्यकता औँल्याएका हुन् । सांसद सुवालले निजी बैंक नाफाका लागि मात्रै खोलिएको र त्यसले मिटरव्याँज पीडितको पीडालाई सम्बोधन गर्न नसक्ने भएकाले त्यस्ता बैङ्कहरूलाई राज्यको मातहत ल्याउनुपर्ने बताए ।
उनले राज्यले आम नागरिकको जिम्मेवारी लिनुपर्ने भएकाले त्यसो गर्न नसक्ने मन्त्रीहरूले पदमा बसिरहन उपयुक्त नहुने तर्क समेत गरे । सांसद सुवालले भने ‘निजी बैंक भनेको नाफाको लागि खोलिएको हुन्छ । उसले मिटरव्याज पीडितलाई दुःख भयो कि भनेर ऋण दिँदैन । त्यसकारण निजी बैंक सामाजिकीकरण गर्ने, राज्यले लिने अनि जिम्मेवारी पनि लिनु पर्दछ । साथसाथै मान्छेको गर्भदेखि चिहानसम्म सरकारले जिम्मा लिनु पर्छ । सरकार भनेको त्यसैका लागि हो । मैले अगाडि पनि भने–मन्त्रीहरू भनेको झण्डावाल गाडीमा सिंहदरबार भित्र वा बाहिर गर्नका लागि होइन । गर्भदेखि चिहानसम्म मान्छेको जिम्मेवारी लिने भए मन्त्री हुनु, होइन भने घर बस्नू । काम गर्न नसक्ने हो भने । गर्नेलाई छोडिदिनु प¥यो । मन्त्रीहरू सचेत हुनुपर्याे यसमा । ’
सांसद सुवालले सिंहदरबार भित्र र बाहिर गर्नका लागि नभई मन्त्रीहरू नागरिकप्रति जिम्मेवार हुनुपर्ने बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =