असन्तुष्ट सिके राउत बालुवाटारमा, भयो प्रधानमन्त्रीसँग भेटवार्ता
२०८० असार १७ गते

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा सरकारलाई दिएको समर्थनका विषयमा छलफल भएको बताइएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले समर्थन फिर्ता नलिन आग्रह गरेको जनाइएको छ । उनले जनमतलाई सरकारमा समेट्ने आश्वासन दिएका छन् ।
आफ्नै पार्टीबाट एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि सरकारमा समेट्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएका छन् । पछिल्लो समय जनमतलाई सरकारमा समेट्न ढिला गरेकाले प्रचण्डसँग सिके राउत असन्तुष्ट छन् । तर व्यवस्थापन राम्रो भए सरकारमा सहभागी हुन तयार रहेको बताएका हुन् ।
२०८० असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








