संसद प्रभावकारी बनाउने काम पार्टीहरुले गर्नु पर्दछः सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद प्रभावकारी बनाउनेगरी भूमिका निर्वाह गर्न राजनीतिक पार्टीहरुलाई आग्रह गरेका छन् ।

संसद जन अपेक्षा अनुसार चल्न नसकेको आम अनभूति भईरहेको उल्लेख गर्दै उनले त्यसलाई प्रभावकारी बनाउने गरी राजनीतिक पार्टीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद जनप्रतिनिधिहरुको सर्वोपरी संस्था भएकाले त्यसलाई प्रभावकारी बनाउने विषयमा पूर्व संसद क्लवभित्र छलफल गर्न उपयुक्त हुने धारणा समेत राखे ।

राष्ट्र र जनताको आवश्यक्ता अनुसार कानुन निर्माण गर्ने, भएका कानुनलाई सरकारले प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जानुपर्ने सभामुख घिमिरेको भनाई थियो ।

उनले, ‘मलाई लाग्छ–संसद प्रभावकारी हुनुपर्छ । यसमा कुनै बहस र विवादको विषय छैन । प्रभावकारी कति हुँदा हुन्छ ? यसको मापो पनि यति हुनुपर्छ भन्ने हुन्न होला । तर जे भएपनि जनअपेक्षा अनुरुपको हुन नसकिरहेको छैन भन्ने आम अनभूतिहरु छ जस्तो मलाई पनि लाग्दछ । यसलाई प्रभावकारी पार्नमा मूलतः राजनीतिक पार्टीहरुको भूमिका प्रभावकारी हुन्छ । पार्टीहरुमार्फत् नै जनताले विश्वास दिनु भएको छ । र, त्यो विश्वासको प्रतिनिधिको रुपबाट माननीय सांसदज्यूहरु आएर यहाँ भूमिका निर्वाह गरिरहनु भएको छ । अव संविधाननै अहिले राष्ट्रलाई अघि लैजानका लागि वर्तमान संविधानका केही पक्षहरु अथवा संविधाननै खोटपूर्ण छ । बाधक छ, समस्याग्रस्त छ कि हाम्रा आचारविचारहरु, हाम्रा व्यवहारहरु त्यस्ता छन ? खास गरिकन हामी यो संघीय संसद नै त्यसका लागि कमजोर छ भने त्यसलाई दह्रो बनाउनका लागि के गर्ने ? संघीय संसद सर्वोपरी संस्था हो । यसले बनाउका नीति, कानुन, यसले बनाएको सरकार देशमा शासन गरिरहेको हुन्छ । यसले अहिलेको आवश्यक्ता र खाँचो अनुसार काम गर्न सकिरहेको छै कि छैन ? छैन भने कानुनको अभाव छ भने कानुन बनाऊ । कार्यान्वयनको अभाव छ भने सरकार वा अन्य अंगहरुलाई याक्टिभ बनाउने काम गरौं । संविधान नै बाधक छ भने पनि यसको बारेमा छलफल चलाउन पूर्व सांसद क्लव उपयुक्त हुन्छ ।’

सभामुख घिमिरेले ऐन, कानुनको निर्माण, त्यसको कार्यान्वयनमा सरकारका अंगहरुलाई क्रियाशील बनाउने काममा पनि पूर्व सांसद क्लवले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तिमा पनि ३३ प्रतिशत महिलाहरु निर्वाचित हुने व्यवस्था गरेर जानुपर्ने आवश्यक्ता औंल्याए ।

उनले समानुपातिकमा एक पटक ल्याएका महिलाहरुको अनुभवलाई प्रयोगमा ल्याउने गरी फेरी सांसद बनाउने काम गर्न पनि राजनीतिक दलहरुलाई आग्रह गरे । जनसंख्याको आधारमा पनि महिलाहरुलगायतका अन्य समुदायको संसदमा समानुपातिक रुपमा प्रतिनिधित्व हुने कुरालाई सुनिश्चित गर्नुपर्ने उपाध्यक्ष अर्यालको भनाई थियो ।

उनले, ‘प्रत्यक्ष निर्वाचित भएर आउने महिलाहरुको संख्या एकदमै कम छ । हामीलाई पुगेको छैन यसले । तसर्थ, म चाहन्छु–जनसंख्याको आधारमा महिलाहरुले ५१ प्रतिशत हुनुहुन्छ । पुरुषको भन्दा नेपालमा महिलाहरुको जनसंख्या बढि छ । त्यो हिसावले ५०÷५० प्रतिशत हुनुपर्ने हो । तर अव कि हामीले पूर्ण समानुपातिकमा जानुपर्ने हुन्छ । कि प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुने व्यवस्था गरेर जानुपर्ने हुन्छ । हामीले समानुपातिकमा लिएर आउँछौं । उहाँहरुसँग अनुभव हुन्छ । अनि, अर्को चोटी उनीहरुलाई हटाएर अर्कै नयाँलाई ल्याईन्छ । उहाँहरुको योगदान, अनुभव फेरी प्रयोग गर्न सक्ने हिसावले हामी जान सक्दैनौं । पहिला समानुपातिकमा ल्याईसकेकाहरुलाई हामीले प्रत्यक्ष निर्वाचनमा लडाउने आँट किन नगर्ने ? उहाँहरुसँग अव त अनुभव भईसकेको हुन्छ नि । यो मैले बढि भने भनेर पीर नगर्नुस् । हाम्रो महिलाहरुको क्षेत्रमा यो लडाई अझै बाँकि छ । यो कुरा म बारम्बार भनिरहनेछु ।’

उपाध्यक्ष अर्यालले तराई, मधेशमा डोमलगायतका जातिहरुमाथि भएको उत्पीडन कम हुने गरी कानुन, निर्माण गर्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =