वर्तमान सरकारलाई कसैले ढाल्न सक्दैनः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गरेका छन् ।

शनिवार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले वर्तमान सरकार कसैले ढाल्न नसक्ने दावी गरे ।

उनले भने, ‘यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।’

यस्तै उनले भ्रष्टाचारविरुद्ध अनुसन्धानको कामले थप तीव्रता पाउने बताएका छन् ।

भ्रष्टाचार देशको विकराल समस्याका रूपमा रहेको उल्लेख गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण वा ललिता निवास प्रकरण यसमा सरकार दृढताका साथ अगाडि बढेको बताए ।

उनले भने, ‘बजेट पास होला कि नहोला भन्ने तरंग थियो । विनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =