ललिता निवास प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरूङसहित तीन जना अस्पताल भर्ना

बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका तीन जनालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतमलाई शिक्षण अस्पतालमा भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी दिनेश आर्चायले बताए।

‘उहाँहरु वृद्ध पनि हुनुहुन्छ रोग पनि रहेछ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको हो,ʼ उनले भने, ‘हामीले स्वास्थ्य पनि ख्याल गर्नु परो अनुसन्धान गरेर कारबाही पनि गर्नै पर्यो।ʼ

तीन जना अस्पताल भर्ना भएपछि गोपाल कार्की मात्र सीआईबीको हिरासतमा छन्।

ब्युरोले असार १२ गते ललिता निवास प्रकरणमा ७ जनालाई पक्राउ गरेको थियो। तर कलाधर देउजा, सुरेन्द्रमान कपाली र भुपेन्द्रमणि केसीले अदालतबाट पक्राउ नगर्न अन्तरिम आदेश लिएको पाइएपछि उनीहरू सोही दिन छाडिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =