सरकारलाई संसदप्रति जबाफदेही बनाउनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारलाई संसदप्रति जबाफदेही बनाउनुपर्ने बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरूको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सरकारलाई संसदप्रति जबाफदेही बनाउनुपर्नेमा जोड दिएका हुन् । उनले सांसदहरूलाई सरकारलाई संसदप्रति जबाफदेही बनाउने काममा भूमिका खेल्न आग्रह पनि गरे ।
उनले ५० प्रतिशतभन्दा बढी जनसङ्ख्या रहेको महिलाहरू राजनीतिमा पछि नै रहेको उल्लेख गर्दै महिलाहरूलाई राजनीतिक जिम्मेवारीमा अगाडी ल्याउनुपर्ने बताए । उनले सरकारले ऐन, कानुनहरूको प्रभावकारी कार्यान्वयन गरे नगरेको पनि अनुगमन गर्नुपर्ने भन्दै यसतर्फ ध्यानाकर्षण गराए ।
उनले भने, ‘अहिलेको जनगणना अनुसार त ५० प्रतिशतभन्दा बढी महिलाहरूको जनसङ्ख्या भएको जनसङ्ख्यालाई भएको क्षेत्रलाई नै पछाडि परेको स्थितिबाट राजनीतिमा जिम्मेवारीमा ल्याउने कुराहरूमा संसदले खेल्ने भूमिकाहरू के हुन् ? बनेका कानुनहरूलाई कार्यान्वयनमा खासगरी सरकारमार्फत कार्यान्वयनमा भइरहेका अप्ठ्यारा के हुन् तिनीहरूलाई कार्यान्वयन गराउन संसदहरुले खेल्ने भूमिका, यसका विषयगत समितिहरूमार्फत अथवा संसदीय सुनुवाइमार्फत संवैधानिक प्रमुखहरू, त्यो संस्थाले गरेको कामलाई, ती संवैधानिक निकायहरूमार्फत आएका प्रतिवेदनहरू र तिनीहरूलाई सरकारबाट कार्यान्वयन गर्न खेलेको भूमिकालाई अनुगमन गर्ने, त्यसलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गराउने, कार्यान्वयन गर्नका लागि सरकारलाई बाध्य बनाउने, संसदप्रति जबाफदेही सरकार बनाउनको लागि हामीले हाम्रो दैनिक कार्यसूचीदेखि लिएर तय गरेका विषयमा हाम्रो सहभागिता कसरी प्रभावकारी पार्न सकिन्छ ? सरकार संसदप्रति उत्तरदायी बनाउनका लागि प्रतिपक्षले संसदमा भनिरहँदाखेरी सरकारप्रति जबाफदेहीपूर्ण व्यवहार गर्नका लागि हामीले कस्तो तरिका अपनाउनुपर्छ ? हाम्रा परिपाटीहरू के छन् ? हामीले तय गरेका विद्यमान ऐन, कानुनहरूले कत्तिको पर्याप्तता राख्छन् ? र त्यसलाई कार्यान्वयन गर्नका लागि बनाइएका विधिहरू, नियमावलीहरू, निर्देशिकाहरुले कति कामहरू गरेका छन् ? यसको यो बेलामा समीक्षा हुनु जरुरी छ ।’
सभामुख घिमिरेले सांसदहरूको नीति निर्माण र बजेट बाँडफाँटमा आफूहरूको प्रतिनिधित्व हुन नसकेको गुनासो रहेको बताए । सांसदहरूले जनताको भावनाहरूलाई संसदमा मुखरित गर्नुपर्ने बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 2 =