संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाइनु हुँदैन : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु नहुने बताएका छन् ।
शुक्रवार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरूको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदमा विषयवस्तुहरू राख्दा आफूलाई ग्लानी हुने किसिमको नबोल्न आग्रह गरे । उनले संसदमा समयको पालना, विषयवस्तुमा केन्द्रित हुनुपर्ने कुरा प्राथमिकता बन्नुपर्ने बताए ।
उनले भने ‘आफूले संसदमा बोल्दा अग्रजहरूले यसरी बोल्नुभएको रहेछ भनेर हेर्न सकुन् । यस्तो नहोस् की आफूले बोलेको कुरा २ वर्षपछि के बोलेको होला भनेर आफैँलाई ग्लानी हुने गरेर नबोल्नु होला । पक्ष, प्रतिपक्षमा हुँदा आरोप लगाउँदा कडै दिऊँ भनेर जाँदा कडा कहिलेकाहीँ रेकर्डबाट नै हटाउनुपर्ने सम्मको कडा हुन्छ । रेकर्डबाट हटाउने भन्नेकुरालाई पनि फेसनको रूपमा लिनु हुँदैन । त्यस्तो विषय बनाउनु हुँदैन । समयको पालना, विषयवस्तुमा केन्द्रित भएर बोल्नुपर्छ । हामीले भोलिका दिनमा पनि काम गर्नुपर्छ । कानूनले संविधाले बाध्यता पारेका कुरामा मात्रै होइन, बाध्य नपार्दा पनि अपरिहार्य आवश्यकता हो भनेर अघि लैजानसक्ने गरी अघि बढाउनुपर्छ ।’
अध्यक्ष तिमिल्सिनाले विषयवस्तुमा केन्द्रित भएर सांसदहरूले आफ्ना धारणा राख्नु उचित हुनुपर्ने बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 6 =