समाज रूपान्तरणको अभिभारा पूरा भइसकेको छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समाज रूपान्तरणको अभिभारा पूरा भई नसकेको बताएकी छिन् ।

बिहीबार काठमाडौँमा मदन भण्डारीको ७२ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले समाज रूपान्तरणको अभिभारा पूरा गर्न लामो यात्रा तय गर्न बाँकी रहेको बताइन् ।

उनले जनताको जीवनमा सम्पूर्ण रूपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाको दायित्व पूरा भई नसकेको बताइन् । उनले राजनीतिक रूपमा केही संरचनागत परिवर्तनहरू भएपनि नेपाली क्रान्ति सम्पन्न भई नसकेको बताइन् । उनले यसमा पर्याप्त सुधार, परिवर्तन तथा रूपान्तरणका सम्भावनाहरू बाँकी रहेको बताइन् ।

उनले भनिन्, ‘समाज रूपान्तरणको हाम्रो अभिभारा पूरा भइसकेको छैन । यसका लागि धेरै लामो यात्रा तय गर्न बाँकी नै छ । जनताको जीवनमा सम्पूर्ण रूपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको जुन परिकल्पना छ, त्यसको दायित्व पूरा भइसकेको छैन । राजनीतिक रूपमा केही संरचनागत परिवर्तनहरू भएका छन् । तर नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन । केवल सुरुवात भएको छ । यसमा पर्याप्त सुधार, परिवर्तन तथा रूपान्तरणका सम्भावनाहरू बाँकी नै छन् । हामीले जनताको बीचमा गएर नै ती सम्भावनाहरूको खोजी गर्नुपर्छ ।’

पूर्वराष्ट्रपति भण्डारीले गौतमबुद्धदेखि अन्य विचारकहरूले मानव जीवनको सुख र शान्तिको बहालीलाई नै आफ्नो खोजको विषय र लक्ष्य बनाएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 4 =