बालुवाटार जग्गा प्रकरण प्रमाण जुटेकाले अघि बढेको हो: सरकार प्रवक्ता

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा आरोपितहरूलाई पक्राउ गरिएको बताएकी छन्।

सरकार प्रवक्ता समेत रहेकी उनले सरकारले अनुसन्धान कुन तहसम्म पुर्‍याउनेभन्दा पनि अनुसन्धानले जहाँ पुर्‍याउँछ त्यहाँसम्म पुग्ने बताइन्।

उनले भनिन्, ‘सरकारले बालुवाटार जग्गा प्रकरणमा छानबिन गर्नु हठात् हुँदैन। यस्तो कुरामा गहिरो अध्ययन अनुसन्धान हुन्छन्। प्रमाण पुर्‍याउनुपर्ने हुन्छ हठात् भन्ने कुरा हुँदैन। यो लामो समयदेखि अनुसन्धानमा थियो। केही व्यक्तिहरू पक्राउ परेको कुराहरू आएको छ। सरकारले सुशासन कायम गर्ने भ्रष्टाचारका विरूद्धमा लड्ने भन्ने प्रतिबद्धता गरेको छ। प्रतिबद्धता अनुसार काम अघि बढाएको छ। यो गहिरो अध्ययन अनुसन्धानबाट मात्रै बाहिर आएको छ।’

उनले अनुसन्धान गर्दा माथिल्लो तहका वा तल्लो तह जुनसुकै व्यक्ति दोषी देखिए कारबाहीको दायरामा सरकारले ल्याउने बताइन्।

‘भ्रष्टाचार गर्नेहरू तल्लो र माथिल्लो तह भन्ने हुँदैन। भ्रष्टाचार कुन तहकाले गर्‍यो भन्ने भन्दा पनि भ्रष्टाचार गर्‍यो कि गरेन भन्ने कुरा मुख्य हो। भ्रष्टाचारको मुद्दामा सरकार कुन तहमा जाने नजाने भन्नेभन्दा पनि जसको विरूद्धमा प्रमाण पुग्छ। जसलाई अनुसन्धानले प्रमाण पुग्ने देख्छ। उनीहरूमा आकर्षित हुने हो’, उनले भनिन्, ‘कहाँसम्म पुग्छ भन्दा पनि अनुसन्धानले कहाँ पुर्‍याउँछ भन्ने कुरा हो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =