जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : प्रमुख सचेतक लेखक

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन् ।
मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले निर्वाचन आयोगको जिल्लास्थित कार्यालयहरू अन्य कुनै कार्यालयमा नगाभिने बताएका हुन् । उनले  निर्वाचन कार्यालय अन्य कार्यालयमा नगाभिने पक्षमा पार्टीको संसदीय दल नै रहेको स्पष्ट पारे ।
उनले आज अर्थमन्त्रीले संसदमा जवाफ दिने क्रममा जिल्ला निर्वाचन कार्यालय अन्य कार्यालयमा नगाभ्ने प्रतिवद्धता गर्ने पनि उनले जानकारी दिए । यो कुरा निर्वाचन आयोगले पनि निर्णय गरिसकेको उनले उल्लेख गरे ।
उनले भने ‘माननीय अर्थमन्त्रीजीले आज विनियोजन विधेयक २०८०/८१ का बारेमा जवाफ दिने पालो पनि तोकिएको छ कार्यसूचीमा । अर्थमन्त्रीजीले जवाफ दिने क्रममा निर्वाचन आयोगको निष्पक्षता, स्वतन्त्रता, विश्वसनीयतालाई कायम राख्ने र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष रूपले सम्पादन गर्नका लागि स्वतन्त्र कार्यालयहरू नै जिल्लामा रहने गरेर नै अगाडी बढिने छ । निर्वाचन आयोगका जिल्ला स्तरीय कार्यालयहरूलाई कुनै अन्य कार्यालयमा गाभिने छैन भनेर आज नै नेपाल सरकारको तर्फबाट अर्थमन्त्रीजीले प्रतिवद्धता गर्नुहुनेछ । यो सरकारको पनि प्रतिवद्धता हो । निर्वाचन आयोगमा पनि निर्णय भइसकेको अवस्था छ । मेरो आग्रह, सरकारले यो प्रतिवद्धता गर्नै पर्छ । यसको पक्षमा हामी पनि छौँ । त्यसकारणले सरकारले गर्छु भनिसकेको छ । प्रतिवद्धता व्यक्त हुन्छ ।’
उनले निर्वाचन आयोगको निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयतालाई कायम राखिने बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *