सरकार ढाल्नु देशलाई अस्थिरतातर्फ लैजानु हो : मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वर्तमान सरकार ढाल्नु भनेको देशलाई अस्थिरतातर्फ लैजानु रहेको बताएका छन् ।
सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू प्रधानमन्त्रीले दिएको देश बनाउने निर्देशन र आमाले दिएको अर्ति भन्दा बाहिर गएर काम नगर्ने स्पष्ट पारे । उनले वर्तमान सरकार ५ वर्षसम्म नै टिक्ने दाबी समेत गरे । उनले आउने निर्वाचनमा ठूला दलको अस्तित्व सङ्कटमा पर्ने डरका कारण पनि वर्तमान सरकार नढल्ने दाबी गरे ।
उनले भने, ‘प्रधानमन्त्रीले दिएको देश बनाउने निर्देशन र मेरो आमाले दिएको जुन अर्ति हो त्यो भन्दा बाहिर जाँदिन । ३६ हजार १ सय प्रतिनिधिले काठमाडौँ सफा गर्ने हो भने ३ घण्टामा सकिन्छ, गरेर देखाउँ न । यो सरकार ढल्दैन, ५ वर्षसम्म नै चल्छ । यो सरकार यस कारणले ढल्दैन की, ठूला राजनीतिक दलमा देखिएका अविश्वास अझै देशलाई अस्थिर बनाउने हो भने आउने निर्वाचनमा अस्तित्व झन् सङ्कटमा पर्छ । सहमतिअनुसार फुलफेजमा यो सरकार चल्छ । अहिले चौतर्फी सङ्कट छ, सङ्कटको सुधार पनि भइरहेको छ । समस्या र समाधान दुवै छ भन्ने सरकारलाई थाहा छ ।’
मन्त्री किराँतीले सरकार देशमा रहेका समस्याको समाधान गर्ने दिशामा अघि बढिरहेको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *