महालेखा परीक्षक सुशासन कायम गर्न सघाउने निकाय हो : कावा महालेखापरीक्षक कुँवर

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयका कार्यवाहक महालेखापरीक्षक राममाया कुँवरले महालेखा परीक्षकको कार्यालय मुलुकमा सुशासन कायम गर्न असहयोग गर्ने निकाय नभएको बताएका छन् ।

सोमवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै कार्यवाहक महालेखापरीक्षक कुँवरले यस्तो बताएका हुन् । उनले पछिल्लो समय महालेखापरीक्षकको कार्यालयले विकास निर्माण लगायतका क्षेत्रमा असहयोग गरेको आरोप लाग्न थालेको भन्दै महालेखापरीक्षकको कार्यालय सहयोग गर्ने निकाय भएको स्पष्ट पारे । उनले महालेखापरीक्षकको कार्यालयले बेरुजु लगायतका कुराहरु सार्वजनिक गर्दा विकास निर्माणका काममा ढिलासुस्ति भएको आरोप लाग्ने गरेको बताए ।

उनले महालेखापरीक्षकको कार्यालयले अनियमितता,सिमा भन्दा बाहिर गएर काम गर्न खोजेको ठाउँमा औल्याने काम गरेकाले विकास निर्माणका काममा ढिला सुस्ति भएको स्वीकार गरे । उनले स्थानीय तह तथा अन्य निकायहरुले आरोप लगाए जायज भएको बताए । उनले स्थानीय तहको बेरुजु कम गर्नको लागि स्थानीय तहबाट नै सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले स्थानीय तहमा पाँच वर्ष एउटा अवधि सकिएर अर्को अवधि शुरु भएकाले अव सुधार गर्न आवश्यक रहेको बताए ।

उनले भने‘ महालेखा परीक्षकको कार्यालय मुलुकमा सुशासन कायम गर्न सहयोग गर्ने निकाय हो । असहयोग गर्ने कार्यालय होइन । लेखापरीक्षक कार्यालयलाई आरोप लाग्ने गरेको छ । लेखापरीक्षकले गर्दा विकास निर्माणका काममा ढिलासुस्ति भयो । कामै हुन पाएन । सहयोग भएन असहयोग भयो भन्ने विषय छ । यो केही विषयमा जाहेज हो जस्तो लाग्छ । महालेखापरीक्षकको कार्यालयले जुन कुरामा अनियमिता हुन लागेको छ । जुन कुरा सीमा भन्दा बाहिर गएको छ त्यस्ता कुराहरुलाई औंल्याउने गरेको कारण कार्यान्वयनमा केही असर गरेको छ । त्यो जहेज कुरा हो । यो विषयमा यो काम गर्न हुन्न यो रिर्पोट मार्फत गलत हो भन्ने गरेको हुनाले असहज गरेको हो । धेरै विषयहरु स्थानीय तहको आएकाले बेरुजु कम गर्नको लागि स्थानीय तहबाट नै सुधार गर्नु पर्ने रहेछ भन्ने कुरा खड्केको छ । स्थानीय तहमा पाँच वर्ष एउटा अवधि सकिएर अर्को अवधि सुरु भएको छ । पहिलो अवधिमा काम गर्ने जनप्रतिनिधिहरुबाट शुरुमा ऐन कानून नबुझेका कारण समस्या आएको थियो । त्यसपछि ऐन कानून एकातिर पन्छौं आवश्यकता छ । स्थानीय तहको माग हो भन्ने किसिमले काम गर्दै जाँदा बेरुजु आउने गरेको छ । कसको कारणले बेरुजु आइरहेको छ भन्ने कुरा बुझ्न आवश्यक छ । बेरुजु लगायतको कारणले पछिल्लो समय तीनै तहका सरकार माथि प्रश्न उठ्न थालेको छ ।’

उनले पहिलो अवधिमा काम गर्ने जनप्रतिनिधिहरुबाट सुरुमा ऐन कानून नबुझेका कारण समस्या आएको तर अहिले जनप्रतिनिधिहरुले ऐन कानून एकातिर भएपनि स्थानीय तहको माग भएको भन्दै काम गर्दा बेरुजु आउने गरेको बताए । उनले कसको कारणले बेरुजु आइरहेको छ भन्ने कुरा बुझ्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *