वानएक्स बेटको प्रचार आरोपमा चर्चित युट्युबर पक्राउ

वानएक्स बेटको प्रचार गरेको आरोपमा प्रहरीले अर्का युट्युबरलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युट्युबर राजकुमार तामाङलाई पक्राउ गरेर काठमाडौं परिसरमा बुझाएको । उनी युट्युबमा राजकुमार थापा मगरको नामबाट चिनिन्छन्।

काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय राजकुमारलाई प्रहरीले कपनबाट पक्राउ गरेको हो। उनीविरुद्ध आइतबार ५ दिनको म्याद थप गरिएको छ।

उनले पनि वान एक्स बेटिङको प्रचार प्रसार गरेर रकम लिने गरेको खुलेको छ।

यसअघि प्रहरीले आठ जना कलाकार र युट्युबरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। उनीहरु पक्राउ परेपछि केही युट्युबरले भने वानएक्सबेट सम्बन्धि सामाग्री हटाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =