महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगमैत्री नमुना मन्त्रालय बनाइने

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयलाई अपांगमैंत्री नमुना मन्त्रालयको रूपमा विकास गर्ने कामलाई प्राथमिकता दिइएको बताएका छन् ।
आईतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री आचार्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने व्यवस्था गरिएको पनि बताए ।
गैर सरकारी संस्थाहरूले आफूखुसी काम गरिरहेको गुनासो आईरहका बेला मन्त्री आचार्यले उनीहरूलाई राष्ट्रिय आवश्यकताको आधारमा परिचालन हुनेगरी आवश्यक व्यवस्था मिलाइएको बताएका हुन् । उनले सरकारी तथा गैर सरकारी संस्थाहरूको अनुगमन र मूल्याङ्कनका लागि प्रदेश र स्थानीय तहसम्म पनि योजना तर्जुमा गर्नका लागि अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको समेत बताए ।
मन्त्री आचार्यले भने ‘सङ्घ, संस्था सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्ने, एकीकृत सामाजिक विकास ऐनको मस्यौदा तर्जुमा गर्ने । अन्तर्राष्ट्रिय÷राष्ट्रिय गैर सरकारी संस्थाहरूको सहजीकरण, व्यवस्थापन गर्ने र प्रदेश स्तरीय गैर सरकारी संस्थाहरूको समन्वय, सहकार्य र परिचालन सम्बन्धमा प्रदेश तथा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम रहेको छ । अन्तर्राष्ट्रिय÷राष्ट्रिय संस्थाहरूलाई राष्ट्रिय राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने व्यवस्था गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपाङ्गमैत्री नमुना मन्त्रालयको रूपमा विकास गर्ने कार्य अगाडी बढिरहेको छ ।’
मन्त्री आचार्यले समाज कल्याण परिषद्को कामलाई प्रभावकारी बनाउने गरी अनुगमनको कामलाई विशेष जोड दिइएको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *