उच्चपदस्थ व्यक्तिहरूको सुविधा कटौती गरौँ : सांसद झा

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी सांसद रञ्जुकुमारी झाले राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनुपर्ने बताएका हुन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले उपराष्ट्रपतिको पदीय जिम्मेवारी बढाएर राष्ट्रिय सभाको अध्यक्षलाई सो जिम्मेवारी दिनुपर्ने बताएकी हुन् । त्यसको लागि संविधान संशोधन गर्न उनले माग गरिन् । उनले संवैधानिक पद तथा राज्यका उच्च पदस्थ व्यक्तिहरूले लिने गरेको सेवा सुविधाको पनि कटौती गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘उपराष्ट्रपतिको पदीय जिम्मेवारी बढाऊँ र राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी अब उपराष्ट्रपतिलाई दिऊँ । संविधानमा संशोधन गरौँ । त्यो बाहेकको उपाय केही देखिन मैले । उपराष्ट्रपति, राष्ट्रपति लगायतका जति सम्माननीय पदहरू छ, पाँचवटा सम्माननीय पद जब पदबाट रिटायर हुन्छ । त्यसपछिको सुविधा देख्दा मलाई अचम्म लाग्छ । त्यो सुविधा हटाऔँ ।’
उनले सरकारले समाजमा रहेका असन्तुष्टिहरूलाई न्यूनीकरण गर्नेगरी काम गर्नुपर्ने बताइन् । उनले बजेट विनियोजनमा सुशासनको अभाव देखेको बताइन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *