माधवलक्षित झालनाथको कटाक्ष : दुई जना मन्त्री बनाएर पार्टी बन्दैन

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष माधवकुमारप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । उनले पार्टी बनाउनका लागि श्रमिक जनतासँग एकताबद्ध र गोलबद्ध गर्न जरुरी रहेको बताए ।
उनले वैचारिक, सैद्धान्तिक दिशाहरूलाई पारदर्शी बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तर्विरोध सही पहिचान गर्दै प्रधान शत्रुको सही पहिचान गर्दै हामीले जनतालाई दलाल पुँजीवादका विरुद्ध गोलबन्द गराउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘हामीले हाम्रा वैचारिक, सैद्धान्तिक दिशाहरूलाई क्लियर कट बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तर्विरोध सही पहिचान गर्दै प्रधान शत्रुको सही पहिचान गर्दै हामीले व्यापक जनतालाई दलाल पुँजीवादका विरुद्ध गोलबन्द गराउनुपर्छ । उनीहरूलाई सङ्घर्षमा उतार्ने काममा हाम्रो पार्टी लाग्नुपर्छ । दुई जना मन्त्री बनाएर यो क्रान्ति अघि बढ्दैन । दुई जना मन्त्री बनायौँ । कार्यनीतिक रूपमा, त्यो आवश्यक छ होला तर हाम्रो पार्टीले गर्नुपर्ने भनेको ती श्रमिक जनतासँग एकताबद्ध गर्ने हो ।’
उनले नेकपा एकीकृत समाजवादी) को महाधिवेशन नभइसकेकाले अहिलेसम्म पार्टी निमित्त पार्टी मात्रै भएको उल्लेख गरे ।
उनले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मा ठूलो असन्तुष्टि रहेको बताए । उनले नेपाली समाजमा सङ्कट नै सङ्कटको शृङ्खला रहेको बताए । पूर्वप्रधानमन्त्री खनालले खिचडी सरकार बनाएर जानुपर्ने बाध्यताले क्रान्तिकारी कार्यक्रमहरू ल्याउन नसकेको बताए ।
उनले भने, ‘हामीले पहिलो महाधिवेशन पनि गरेका छैनौँ नि पार्टीको । पार्टी बनाउँदै लैजाने, त्यसैले अहिले पनि यो निमित्त पार्टी हो । महाधिवेशनमार्फत निर्वाचित पार्टी बनाइसकेका छैनौँ । महाधिवेशनमार्फत जब निर्वाचित संस्था बनाउँछौँ । हाम्रा विचार पनि त्यही अनुसार संस्थागत हुन्छन् । हामी पार्टी निर्माणको चरणमा छौँ । यो पार्टी नेपाली कम्युनिस्ट आन्दोलनको एटम बन्नुपर्छ । अहिले एमालेभित्र व्याप्त असन्तुष्टि छ । देशव्यापी रूपमा । त्यो नेतृत्वले नेतृत्व लिन सकिरहेको छैन । त्यस्तै माओवादीभित्र छ । अहिले मोर्चा भएको हुनाले धेरै आलोचना गर्दिन । नेपाली समाजमा सङ्कट नै सङ्कटको शृङ्खला छ, राजनीतिक सङ्कट, दिशाहीनता, खिचडी सरकार बनाएर जान बाध्य छौँ । न क्रान्तिकारी कार्यक्रम बनाउन सक्छौँ, त्यो सरकारमा । राजनीतिक दिशा कता जाने अन्योल देखिएको छ । आर्थिक क्षमता कमजोर बन्दैछ ।’
पूर्वप्रधानमन्त्री खनालले सामन्तवादका  सामन्तवादका  अवशेषहरू समाजमा व्याप्त रहेको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =