दैलेखमा घट्टबाट घर फर्कने क्रममा खोलाले बगाएर बालिकाको मृत्यु

काठमाडाैँ । दैलेखको ठाटीकाँध गाउँपालिकामा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । घट्टबाट घर फर्कने क्रममा खोलाले बगाएर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीक कार्यालय दैलेखका अनुसार आज विहान ४ बजेको समयमा घट्टबाट घर आउने क्रममा खोलाले बगाएर ठाटीकाँध गाउँपालिका ४ माझचौर बस्ने बर्ष १७ की उर्मिला कठायतको मृत्यु भएको हो । उनको शब खोलाले बगाएको स्थानबाट १ सय ५० मिटर तल भेटिएको छ ।

स्थानीयका अनुसार रातीदेखि नै निरन्तर बर्षा भइरहेकोले खोलाको वहाब बढेको र सोही कारण यस्तो घटना भएको हुनसक्ने बताएका छन् । घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *