मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा साँचो होइन : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले सङ्घीयताको मर्म अनुरूप सङ्घबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी रकम मधेस प्रदेशमा जाने गरेको बताए ।
उनले सङ्घबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगञ्ज करिडोर चन्द्रपुर गौर राजमार्ग,हुलाकी राजमार्ग, सुनकोसी मरिनडाइभर्सन, बागमती कमला चन्द्रनहर लगायतका सिँचाइ आयोजना विभिन्न औधोगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजनाहरू तराई मधेसलाई लक्षित गरी नै अगाडि बढाएको बताए । उनले तराई मधेस समृद्धि कार्यक्रम,मधेसलाई काठमाडौँसँग जोड्ने द्रुतमार्ग लगायतका ठूला परियोजना पनि मधेस प्रदेशमा पर्नेमा तीनको समयबद्ध कार्यान्वयनको लागि बजेट विनियोजन गरिएको बताए ।
उनले भने, ‘मधेस प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साँचो होइन । सङ्घीयताको मर्म अनुरूप सङ्घबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी रकम मधेस प्रदेशमा जाने गरेको छ । यसका अतिरिक्त सङ्घबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगञ्ज करिडोर चन्द्रपुर गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोसी मरिण डाइभर्सन ,बागमती कमला चन्द्रनहर लगायतका सिँचाइ आयोजना विभिन्न औधोगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजनाहरू तराई मधेसलाई लक्षित गरी नै अगाडि बढेका छन् । तराई मधेस समृद्धि कार्यक्रम, मधेशलाई काठमाडौँसँग जोड्ने द्रुतमार्ग लगायतका ठूला परियोजना पनि मधेस प्रदेशमा पर्नेमा तीनको समयबद्ध कार्यान्वयनको लागि बजेट विनियोजन गरिएको छ । सञ्चालनमा रहेका आयोजनाहरूको कार्य प्रगति आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले बजेटको अङ्कसँगै त्यसले पार्ने वृहतम प्रभावलाई समेत सकारात्मक रूपमा लिन आग्रह गर्दछु । वीरगन्जको विकास सरकारको प्राथमिकतामा छ ।’
उनले मधेसमा सञ्चालनमा रहेका आयोजनाहरूको कार्य प्रगति आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले बजेटको अङ्कसँगै त्यसले पार्ने वृहत् प्रभावलाई समेत सकारात्मक रूपमा लिनुपर्ने बताए । उनले वीरगञ्जको विकासमा सरकारको प्राथमिकता रहेको पनि बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =