संसद्‌मा आज प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर

काठमाडौं । संसद्‌मा आज प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुँदैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा ११ बजे बस्ने प्रतिनिधिसभामा प्रश्नोत्तर हुने तय भएको हो ।

बैठकमा प्रतिनिधिसभा सदस्यहरुले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिदैछन् । सो बैठकमा बिनियोजन बिद्येयक २०८० को बिभिन्न शिर्षकहरु माथीको छलफल अन्तर्गत चारवटा मन्त्रालयससहितको बजेट शिर्षकमाथि छलफल हुनेछ ।

जसअनुसार संस्कृति, पर्यटन, तथा नागरिक उडडयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शिर्षकमाथि छलफल हुन लागेको हो । यसैगरी, सो बैठकमा ७ जना सांसदले खर्च कटौतीको प्रस्ताव गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eighteen =