आँखा चिम्लिने सिन दिन्न, चुम्बन सामान्य हो : रेश्मा घिमिरे (भिडिओ)

काठमाडौँ । अभिनेत्री दिया पुनले आफूलाई हरेक चलचित्रमा फरक अभिनय गर्न रुचि रहेको बताएकी छिन् । बिहीबार काठमाडौँमा नेपाली चलचित्र ‘अन्तिम संस्कार’ बारे आयोजित अन्तरक्रियात्मक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
उनले आफूलाई धेरै चलचित्रमा काम गर्नुभन्दा गुणस्तरीय चलचित्रमा काम गर्न मन पर्ने बताइन् । अभिनेत्री पुनले आफू चलचित्रबाट लामो समय ग्याप हुनुको कारण पनि एउटै अभिनयको अफर आउनु रहेको र नयाँ अभिनय र पात्रका लागि अफर आएपछि मात्रै चलचित्रमा अभिनय गरेको बताइन् । हरेक अभिनय आफूलाई निभाउनका लागि कठिन हुने र आफू आफूले गर्ने अभिनयको अनुसन्धान गरेर मात्रै अभिनय गर्ने गरेको उनको भनाई छ ।
कार्यक्रममा अभिनेत्री रेश्मा घिमिरेले अन्तिम संस्कार चलचित्रमा आफूले निभाएको भूमिका चलचित्रका लागि र आफ्ना लागि पर्याप्त रहेको बताइन् । अब उनले आफू कुनैपनि अभिनय गर्नका लागि आत्मविश्वास बढेको बताइन् । चलचित्रमा चुम्बन नेचुरल प्रोसेस भएको उनको तर्क छ ।
उनले माया गर्ने व्यक्तिले अर्को माया गर्ने व्यक्तिलाई चुम्बन गर्ने भएकाले सामान्य रूपमा लिनुपर्ने बताइन् । आँखा चिम्लिने गरी कुनैपनि दृश्य फिल्ममा दिन नसक्ने अभिनेत्री घिमिरेको जिकिर छ ।
साई प्रोडक्शन नेपालको ब्यानरमा ह्याम्साएर एकाउण्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिस्ट्रि ’को कथालाई चलचित्रमा समावेश गरिएको छ ।
चलचित्रमा विजय लामा, दिया पुन,रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ लामा, विकास अधिकारी, सरोज खालिङ्ग राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल, धर्मानन्द आचार्य लगायतको अभिनय रहेको छ । बाबु श्रेष्ठको छायाङ्कन, रुपेश गुरुङको सम्पादन रहेको यस चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् ।








