हवाइ भाडा घट्यो, अब कहाँ कति ?

नेपाल आयल निगमले हवाइ इन्धनको भाउ घटाएसँगै हवाइ यात्राको भाडा पनि घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आज हवाइ यात्राको भाडा घटाएको हो।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा रु पाँच सय ४० ले घटेको छ भने सबैभन्दा कम काठमाडौँ–सिमराको भाडा रु ९० ले घटेको छ।
यसैगरी काठमाडौँ–भद्रपुरको रु तीन सय, काठमाडौँ–विराटनगरको रु दुई सय ४०, काठमाडौँ–धनगढीको रु चार सय ४५, काठमाडौँ–नेपालगञ्जको रु तीन सय २५, काठमाडौँ–भैरहवाको रु दुई सय १० र काठमाडौँ–सुर्खेतको भाडा रु तीन सय ४५ ले घटेको छ। मङ्गलबार नेपाल आयल निगमले हवाइ इन्धनको भाउ प्रतिलिटर रु १० ले कम गरेको थियो।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =