आफूलाई दह्रो शक्ति देखाउन समाजवादी मोर्चा गठन भयो : सांसद खतिवडा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गरेका छन् ।

बुधवार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गरेका हुन् । उनले एकले अर्कोलाई खुइल्याएर राजनीतिमा कोहीपनि दह्रो नहुने बताए ।

उनले पार्टी सभापतिले महामन्त्रीलाई साथमा लिएर जानुपर्ने र महामन्त्रीले पनि सभापतिसँग समन्वय गरेर काम गर्नुपर्ने बताए। उनले देशमा काङ्ग्रेसकै विकल्प खोज्ने समूह बनिसकेको भन्दै पार्टीमा कसैले कसैको विकल्प खोजेर नहुने बताए ।

उनले भने ‘म कसैले सघायो पनि भन्दिन । सहयोग नै नगरेको पनि भन्दिन । महामन्त्री पद पनि निर्वाचित सभापति पछिको असाध्यै महत्वपूर्ण पद हो । सभापतिसँग समन्वय गरेर महामन्त्रीले जानुपर्छ र सभापतिले महामन्त्रीलाई साथमा लिएर जानुपर्दछ । अहिले काँग्रेसले मात्र विकल्प खोजेर हुँदैन । काँग्रेसकै विकल्प खोज्ने समूह पनि देशमा निर्माण भएका छन् । त्यसैले काँग्रेस पार्टी पार्टीपनि बचाउने, विधान पनि बचाउने, संविधान पनि बचाउने, देश पनि बचाउने बाटोमा जानुपर्छ । एकले अर्कोलाई खुइल्याएर, कमजोर बनाएर नेपालको राजनीतिमा कोही नेताहरू दह्रा हुँदैनन् । सबैलाई अनुरोध गर्न चाहन्छु । पार्टी सभापतिलाई पनि । महामन्त्रीलाई पनि ।’

उनले सत्तारुढ गठबन्धनका केही दलहरूले आफूहरूलाई दह्रो शक्तिको रूपमा देखाउन समाजवादी मोर्चा नेपाल घोषणा गरेको बताए । उनले मोर्चामा आबद्ध दलहरूलाई पार्टी एकता नै गर्न सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + thirteen =