धेरै नेपाली बसोबास गर्ने देशमा अवैतनिक राजदूतबाट छिटो राहदानी दिऔँ : माधव नेपाल  

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै नेपालीहरू भएको देशमा अवैतनिक राजदूतका माध्यमबाट राहदानी दिने पहल थाल्न सरकारसँग आग्रह गरेका छन् ।

बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले धेरै नेपालीहरू बसोबास गर्ने देशका सहरहरूमा अवैतनिक राजदूतका माध्यमबाट समयमा नै राहदानी नवीकरण गर्नुपर्ने बताए । उनले कतिपय देशका दूतावासमा कर्मचारीहरू कम हुँदा समयमा नै काम सम्पन्न गर्न कठिनाइ भएको गुनासो आइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

उनले समयमा नै राहदानी खरिद गर्नसके कम मूल्य पर्ने बताए । उनले सरकारले सीमित समयभित्र कति राहदानी आवश्यक पर्छ ? भन्नेकुरालाई ध्यानमा राखी समयमै खरिद गर्न सक्नुपर्ने बताए । उनले भेरियसनको नाममा म्यानुपुलेशन बढी हुने भन्दै यसतर्फ सचेत रहनुपर्ने बताए । उनले समयमा नै राहदानी खरिद गर्न नसके राहदानीको मूल्य ठेकेदारहरूले बढाउँदै लैजाने गरेको बताए ।

उनले भने, ‘राहदानी प्रिन्ट गर्न कति समयसम्म उसले सप्लाई गर्नसक्छ ? भन्नेकुरा पक्कै ध्यानमा राखिएको हो । यो भेरियसनको नाममा म्यानुपुलेशन ज्यादा हुने गर्दछ । भेरियसनको नाममा विभिन्न ठेक्कापट्टामा मूल्य वृद्धि गर्ने हुन्छ । थाहा छ भने समयमा गर्दा कम पर्छ । समयमा गर्न सकिएन भने भाउ बढाउँछन् । यसमा कत्तिको ध्यान गएको छ ? यसमा कस्ता विसङ्गति, विकृति देखिए ? बिचौलियाका समस्या होलान् । बिचौलियाहरू जनता र कर्मचारीबीच कनेक्सन गर्ने कति छन् ? यसबारेमा के छ ? विभिन्न ठाउँमा स्टाफहरूको कमीका कारणले धेरै समय कुर्नुपर्ने स्थिति रहेको गुनासो छ । नेपालीहरूको उपस्थिति बाक्लो भएको ठाउँमा धेरै कर्मचारी राखेर समयमा नै काम सम्पन्न गरिदिनुपर्छ । एक ठाउँमा दूतावास हुन्छ, सहर र मानिस फरक फरक ठाउँमा छन्, खर्च र समयको कुरा छ । यसलाई सहज बनाउन के गर्ने ? अवैतनिक राजदुतहरुलाई किन दिन नसक्ने ? हामीले उनीहरूसँगबाट पनि राहदानी दिन सकिन्छ ।’

अध्यक्ष नेपालले राहदानी खरिदमा देखिएका विकृति, विसङ्गतिमा सरकारको ध्यान कति गएको छ ? भन्दै प्रश्नसमेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =