ट्रेड युनियन कांग्रेसको निर्वाचन आज

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसको नयाँ कार्यसमितिका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।

यही असार ४ गतेदेखि सुरु भएको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमिति चयन हुन लागेको हो ।

अध्यक्ष पदका लागि युनियनका वर्तमान वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव र महासचिव योगेन्द्रकुमार कुँवरबीच प्रतिस्पर्धा हुनेभएको छ । उनीहरू समूह नै बनाएर निर्वाचनमा होमिने भएका छन् ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीलेसाँझ ४ बजेदेखि मतदान सुरु हुने जानकारी दिए । निर्वाचनमा आठ सय ८० महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् भने युवा र महिला समितिसहित ४९ पदका लागि निर्वाचन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 6 =