संविधान जारी हुनासाथ नागरिकता कानुन बनाउन दलहरू चुके : अमरेशकुमार सिंह
२०८० असार ६ गते

काठमाडौँ । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काडमाडौंको माइतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरूमाथि प्रहरीले दमन गरेकोमा निन्दा र भर्त्सना गरेका छन् ।
सांसद सिंहले नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न पनि सरकारसँग माग गरे । बुधवार प्रतिनिधिसभाको दोस्रो बैठकको शून्य समयमा बोल्दै उनले नागरिकतासम्बन्धि विचाराधीन मुद्दालाई किनारा लगाउन ढिलाइ गर्न सर्वोच्च अदालतको पनि गम्भीर ध्यानाकर्षण गराए ।
सांसद सिंहले भने ‘केहि दिनदेखि नागरिकता नपाएकाहरू माइतीघर मण्डलामा धर्नामा बसेका छन् । साथसाथै संविधानसभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनसनमा बस्नु भएको छ । उहाँ अहिले वीर अस्पतालमा हस्पिटलाईज हुनुहुन्छ । एकातिर २०७२ मा संविधान जारी भयो । तत्काल नागरिकता कानुन बनाउनुपर्ने तर हाम्रा राजनीतिक दल, तत्कालीन सबै सरकार त्यसमा चुकेकै छन् । जुन नागरिकसँग उचित व्यवहार हुनुपर्ने । त्यो पनि सरकारले गर्न सकिरहेको छैन । हिजो नै उनीहरूसँग जुट व्यवहार भएको छ । त्यसको भर्त्सना गर्न चाहन्छु । किनकि कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस् । सरकारसँग माग गर्न चाहन्छु । ’
सांसद सिंहले नागरिकता प्राप्तका लागि आन्दोलन गरिरहेका नागरिकमाथि प्रहरी दमन गर्नु कुनै पनि अर्थ उचित नभएको बताए ।
२०८० असार ६ गते
प्रतिक्रिया
सम्बन्धित








