समाजवादी मोर्चाबाट कांग्रेस तर्सिएको छैन : प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस नतर्सिने बताएका छन् ।
मंगलबार सांसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समाजवादी मोर्चाबाट कांग्रेस नतर्सिएको बताएका हुन् । उनले अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना नरहेको समेत स्पष्ट पारे ।
उनले एमालेसँग दूरी बढाउनका निम्ति अरू कम्युनिस्ट नेताहरूले समाजवादी मोर्चा घोषणा गरेको बताए । उनले समाजवादी मोर्चासँग आशंका गरेर काँग्रेस सरकारबाट नबाहिरिने बताए । उनले विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी सञ्चालन हुनुपर्ने बताए ।
उनले भने, ‘अब एमालेसहितको कम्युनिस्ट एकताको सम्भावना अब रहेन, एमालेसँग दुरी बढाउनका निम्ति अरू कम्युनिष्ट नेताहरूले यो गरेका हुन् । यो मोर्चा बनाएपछि सरकार फेरिने, कांग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन । हामीले आफ्नो विषय प्रस्ट्याएर जनताका बीचमा जानुपर्छ । प्रष्टता नभएका कुराहरू हाम्रो बीचमा कमजोरी छन् । त्यसको अन्त्य हुनुपर्छ । भाषण कम छ तर वैचारिक बहस पनि कम भएको छ । विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी चल्नुपर्छ । बैठक नियमित ढङ्गबाट बस्नुपर्छ । जुन विषयमा निर्णय गर्नुपर्नेछ, त्यो निर्णय सभापति र उहाँले मन पराएका दुई चार जना मात्रै बसेर गर्नु भएन । कार्य सम्पादन, केन्द्रीय समितिहरू पनि त्यसमा सहभागी हुनुपर्छ ।’
सांसद पौडेलले पार्टीबाट गरिने निर्णयहरू सभापति र सभापतिका नजिकका केही नेताहरुमात्रै बसेर गर्न नहुने बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =