सरकारले बैंक ब्याजदर तत्काल घटाउनु पर्छ : मेटमणि चौधरी

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले बैंक ब्याजदर तत्काल घटाउन सरकारसँग माग गरेका छन् ।
मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंक ब्याजदर तत्काल घटाउनुपर्ने उनको तर्क थियो । मङ्गलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले बैंक ब्याजदर घटाउने र कर्जा प्रवाह बढाउने काममा अर्थमन्त्री डा. प्रकाशशरण महत गम्भीर नभए मुलुकको आर्थिक अवस्थामा सुधार आउनै नसक्ने दाबी समेत गरे ।
उनले भने ‘हामीसँग निक्षेप बढेको छ भन्ने कुरा गरिरहेका छौँ । तर, कर्जा प्रवाह कम भइरहेको छ । यसको एउटा कारण लगानीको वातावरण बन्न सकेको छैन । र, दोस्रो हामीले थोरै ब्याजदर बनाउन सकिरहेका छैनौँ । यसमा माननीय अर्थमन्त्रीज्यू तपाई सिरिएस हुनुस् । यदि तपाईँले बैंक ब्याजदर घटाउन सक्नु भएन भने नेपालको फाईनान्सियल सेक्टरलाई हराभरा बनाउनै सक्नु हुन्न । त्यसैले बैंक ब्याजदर घटाउनुस् । यसमा पहल गर्नुस् । त्यसपछि कर्जा प्रवाहलाई वृद्धि गर्नू । यसो गर्न सकियो भने मुलुकको अर्थतन्त्रलाई हामीले राम्रो बनाउन सक्छौँ ।’
प्रमुख सचेतक चौधरीले युवाहरूलाई दक्ष बनाएर मात्रै वैदेशिक रोजगारमा पठाउन पनि सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 9 =