स्काउटले अन्तर्राष्ट्रियस्तरमा उल्लेखनीय सफलता पाएकाे छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारिरहेको भन्दै प्रशंसा गरेका छन् ।

मङ्गलवार नेपाल स्काउटको ७२ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले नेपाल स्काउटले दक्षिण एसियामा स्काउटमा सबैभन्दा बढी सदस्यता लिइसक्नु साथै अन्तर्राष्ट्रिय स्काउटका कार्यक्रमहरू नेपालमा सञ्चालन गर्नुले पनि स्काउटले राम्रा काम गरिरहेको प्रमाणित हुने बताए ।

उनले कोरोना महामारीका बेलामा पनि स्काउटले खेलेको भूमिकाको प्रशंसा गरे । उनले देशमा आइपर्ने प्राकृतिक एवं अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरूको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आउनु राम्रो भएको भन्दै अझै यसलाई अघि बढाउँदै लैजानुपर्ने बताए ।

उनले भने, ‘कोभिड १९ को महामारीमा पनि नेपाल स्काउटले उल्लेखनीय भूमिका खेलेको छ । नेपाल स्काउटले चिकित्सक परामर्श सेवा, जनचेतना अभियान, आइसोलेशन, क्वारेन्टिन निर्माणका साथै सङ्क्रमितहरूको शवको व्यवस्थापन समेतमा गरेको सहयोगका लागि सम्पूर्ण स्काउटप्रति सम्मान व्यक्त गर्दछु । देशमा आइपर्ने प्राकृतिक एवं अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरूको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आएको छ । सातै प्रदेशमा विपद् व्यवस्थापन टोली खटाइ स्काउट परिचालन भएको थाहा पाउँदा खुसी लागेको छ । लागूपदार्थ दुर्व्यसनीबिरुद्धको अभियानमा युवा स्काउटलाई परिचालन गर्नेजस्ता कार्यले हाम्रो समाजमा कलङ्कको रूपमा रहेको लागुऔषधबाट युवाहरू टाढा राख्ने कुरामा विश्वस्त छु । पछिल्लो समय नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा पनि उल्लेखनीय सफलता हात पारेको छ ।’

पूर्वराष्ट्रपति भण्डारीले नेपाल स्काउटले माझमा कलङ्कको रूपमा रहेको लागुऔषधबाट युवाहरू टाढा राख्ने कुरा, महिला हिंसाविरुद्धका अभियान लगायत विभिन्न सामाजिक घटनाहरुमा साथ र सहयोग गर्दै आएको भन्दै प्रशंसा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =