भारतीय राजदूतको वचन- गौतम बुद्ध विमानस्थलको हवाई रुटबारे सकारात्मक नतिजा आउँछ

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् ।

मंगलबार लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई रुटको बारेमा भइरहेको छलफल सकारात्मक रुपमा अघि बढिरहेको र सकारात्मक नतिजा पनि आउने प्रतिबद्धता जनाएका हुन् । उनले भने, ‘हवाई रुटको बारेमा हामीले छलफल गरिरहेका छौं । यो छलफलबाट सकारात्मक वातावरण बन्नेछ ।’

उनले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढिरहेको बताए । उनले पछिल्लो समय योग नेपाल र भारतमा मात्रै नभइ विश्वभर नै फैलिनु खुशीको विषय भएको बताए । राजदूत श्रीवास्तवले हरेक वर्ष लुम्बिनीमा योग दिवस मनाउन भारतले चाहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *