डा. सन्दुक रुइतलाई पुरस्कारमा कर छुट दिने सरकारको निर्णय

सरकारले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले पाउने पुरस्कारमा कर छुट दिने निर्णय गरेको छ।

प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका रुइतले बहराइनबाट पाउने दश लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ) मा कर छुट पाउने भएका हुन्।

उनलाई कर छुट दिने निर्णय राजपत्रमा समेत प्रकाशित भएको छ।

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २०१३ देखि हरेक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति र संस्थालाई प्रदान गर्दै आएको छ।

अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि डा. रुइतलाई इसा अवार्डका लागि छनोट गरिएको थियो।

खाडी मुलुक बहराइनको राजधानी मनामामा मंगलबार पुरस्कार घोषणा समारोह गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eight =