यो देश बनाउन सकिन्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला अग्ला टावरहरू छन्, ठूला ठूला एयरपोर्टहरूले देश समुन्नत नबन्ने बताएका छन् ।
सोमबार काठमाडौँमा भएको ट्रेड युनियन काँग्रेसको ७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देश समुन्नत छ की छैन भनेर मापन गर्नेकुरा भनेको  देशमा बाँचिरहेको श्रमिकले सास फर्ने अवस्था छ की भन्ने कुरालाई हेर्न आवश्यक रहेको बताए ।
उनले श्रमिकले जीवन यापन सहज रूपमा गर्न नसकेसम्म देश समुन्नत हुन नसक्ने बताए । उनले काँग्रेस संस्थापक नेता बिपी कोइरालाले श्रमिकको हक हितका लागि १५ वर्षे खाका बनाएपनि काम गर्ने समय नपाएको र अहिलेका नेताहरूले समय पाएपनि काम गर्ने योजना बनाउन नसकेको बताए । उनले यो देशलाई बनाउन सक्ने योजना र कार्यक्रम काँग्रेसले बनाइरहेको बताए ।
उनले भने ‘कुनैपनि देश समुन्नत छ की छैन भन्नेकुराको पनि निश्चित मापदण्ड छ । त्यो भनेको सामान्यतया समुन्नत छ भन्दै गर्दा अग्ला अग्ला टावरहरू छन्, ठूला ठूला एयरपोर्टहरू छन्, भव्यभव्य महलहरू छन्, हाइवेहरू छन् एक हिसाबले त्यो देशको समुन्नति भन्दा चित्र यो आउला । यो जरुरत त छ तर वास्तविक समुन्नतिको मापदण्ड त्यो होइन । त्यो देशमा बाँचिरहेको श्रमिकले सास फर्ने अवस्था छ की छैन, उसले जीवन निर्वाह गर्ने सहज वातावरण छ की छैन ? भन्ने कुराबाट मात्रै त्यो देशको समुन्नति मापन गर्न सकिन्छ । त्यसैले नै होला जननेता बिपी कोइरालाले आफू प्रधानमन्त्री भएको बेला जनतालाई केन्द्रमा राख्नुभयो र १५ वर्षको समुन्नतिको खाका बनाउनु भयो । बिपी कोइरालासँग सपना थियो, समय थिएन । हामीसँग समय छ त्यस किसिमको सपना छैन । हामीसँग व्यवस्थित सपना भएन । यो देशमा धरै कुरा भएको छ, गर्न धेरै बाँकी छ, यो देश बनाउन सकिन्छ र सतीको सराप भएको होइन, भगवान् गौतम बुद्धको आशीर्वाद प्राप्त देश हो ।’
महामन्त्री शर्माले देशमा केही पनि भएको छैन भनेर निराश हुन नपर्ने बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =