सुनिता बरालको प्रश्न– सरकारले सबै न्यायालय बन्द गर्न खोजेको हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णयको विरोध गरेको छ ।

संसदमा एमालेकी सांसद सुनिता बरालले प्रेम चलाउनेमाथि अन्याय भएको बताइन् ।

‘उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गरी नेपाल विद्याथी संघका विद्यार्थीले फालेको थिए । केहीले उद्धार गरेका कारण बाँचिरहेका छन् । मुद्दा चलिरहेको छ । तर, सरकार मुद्दा फिर्ता लिने निणर्य गर्छ । सुशासन माग्न कहाँ जाने ? कहाँबाट सुरक्षित हुने हो,’ उनले प्रश्न गरिन्, ‘सरकारले सबै न्यायालय बन्द गर्न खोजेको हो ? नेपाली जनतालाई राज्य छैन भन्ने सन्देश दिएको हो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + sixteen =