किसानको मेहनत सडकमा पोखिएको दृश्यले मन थाम्न मुस्किल भयो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले किसानका उत्पादनको उचित मूल्य दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा आइतबार कालीमाटीकामा फ्याँकिएका गोलभेँडाको फोटो राख्दै उनले यस्तो बताएका हुन् ।

आम्दानीको ग्यारेन्टी गर्न नसक्दासम्म कृषि क्षेत्रको विकास नहुने अध्यक्ष ओलीले बताए । ‘जबसम्म हामी किसानलाई उनीहरूका उत्पादनको उचित मूल्य र आम्दानीको ग्यारेन्टी गर्न सक्दैनौँ, तबसम्म हामी कृषिलाई अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन सक्दैनौँ,’ उनले भनेका छन् ।

उनले आफ्नो सरकारको पालामा कृषि उत्पादन खरिद सम्झौता (एपीपीए) गरेको पनि स्मरण गराए । ‘हामी एकातिर करिब ४०० अर्बको कृषिजन्य बस्तु आयत गरिरहेका छौँ, अर्कोतिर हाम्रा कृषि उत्पादनले मूल्य नपाएर सडकमा फालिएको छ । किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको यस्तो दृश्य देख्दा मन थाम्न मुस्किल हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘कृषिबस्तु खरिद सम्झौता हुनुपर्छ भनेर हामीले घोषणा पत्रको २० ग्यारेन्टीमा भनेका थियौँ पनि ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =