राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सक्ने कार्ययोजना बनाउन सरकारलाई निर्देशन
२०८० असार ३ गते

काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनाहरू देखिएका समस्याहरू समाधान गरी समयमा नै सम्पन्न गर्ने कार्ययोजना बनाउन सरकारलाई दिगो विकास तथा सुशासन समितिले निर्देशन दिएको छ ।
आइतबार बसेको राष्ट्रिय सभा अन्तरर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय गौरवका योजनाको विषयमा छलफल पश्चात सरकारलाई यस्तो निर्देशन दिएको हो । समिति सभापति प्रकाश पन्तले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले राष्ट्रिय गौरवका कायोजनाका समस्या समाधान गरी समयमा नै सम्पन्न गर्न छुट्टै कार्ययोजना बनाउन आग्रह गरे ।
उनले राष्ट्रिय गौरवका आयोजनाहरू समयमा नै सम्पन्न गर्न आयोजनामा देखापरेका समस्या हल गर्नेगरी आयोजना विशेषको कार्ययोजना बनाउन आवश्यक रहेको बताए । उनले आयोजना कार्यान्वयनको लागि आवश्यक पर्ने नीतिगत सुधार केके हुनसक्ने भन्ने विषय समेटेर कार्ययोजना बनाउनु पर्ने बताए ।
उनले भने ‘राष्ट्रिय गौरवका आयोजनाहरू समयमा नै सम्पन्न गर्न आयोजनामा देखापरेका समस्या हल गर्नेगरी आयोजना विशेषको कार्ययोजना बनाउने र आयोजना कार्यान्वयनको लागि आवश्यक पर्ने नीतिगत सुधार केके हुन सक्छन् । तह गत मन्त्रालयगत समन्वयका आधारमा स्थानीय र प्रदेश सरकारसँग कसरी गर्न सकिन्छ भन्ने कार्ययोजना बनाउन निर्देशन दिन चाहन्छु ।’
उनले मन्त्रालय गत आधारमा स्थानीय र प्रदेश सरकारसँग कसरी गर्न समन्वय गर्न सकिन्छ भन्ने कार्ययोजना बनाउन निर्देशन दिने बताए । उनले मन्त्रीपरिषद् कार्यालय र समिति सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।
२०८० असार ३ गते
प्रतिक्रिया








