नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशन असार ४ देखि
२०८० असार ३ गते

काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ ।
आइतबार युनियनले काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै युनियनका महासचिव योगेन्द्र कुँवरले सातौँ राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि ६ गतेसम्म काठमाडौँमा हुने बताएका हुन् ।
उनले नेपाली ट्रेड युनियन काँग्रेसको विधानतः सम्पन्न गर्नुपर्ने ७७ जिल्ला समिति, सात वटा प्रदेश र २७ वटा संवद्ध राष्ट्रिय आवद्ध सङ्घहरूको अधिवेशन सम्पन्न भइसकेको पनि जानकारी दिए । उनले करिब १५ सय महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागितामा नेपाली काँग्रेसका शीर्षस्थ नेतृत्व गण, अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलनका नेताहरू, नेपाल सरकार, रोगारदाता सङ्घका विशेष प्रतिनिधिहरूको सहभागितामा असार ४ गते दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन उद्घाटन हुने बताए ।
उनले भने, ‘महासङ्घको सातौँ ऐतिहासिक राष्ट्रिय महाअधिवेशन यही २०८० असार ४ गतेदेखि ६ गतेसम्म काठमाडौँमा हुँदैछ । नेपाली ट्रेड युनियन काँग्रेसको विधानतः सम्पन्न गर्नुपर्ने ७७ जिल्ला समिति, सात वटा प्रदेश र २७ वटा संवद्ध राष्ट्रिय आवद्ध सङ्घहरूको अधिवेशन सम्पन्न भइसकेको छ । करिब १५ सय महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागितामा नेपाली कांग्रेसका शीर्षस्थ नेतृत्व गण, अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलनका नेताहरू, नेपाल सरकार, रोगारदाता सङ्घका विशेष प्रतिनिधिहरूको सहभागितामा असार ४ गते दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुनेछ । वर्तमान समयमा श्रमिकका मुद्दाहरू थप चुनौतीपूर्ण बन्दै गएका छन् । श्रमिकका आधारभूत अधिकार कटौती हुन थालेका छन् । श्रम ऐन, कानुनमा भएका व्यवस्थाको अपव्याख्या गर्दै कार्यस्थलबाट श्रमिक कटौती गर्ने काम सुरु भएको छ ।’
उनले वर्तमान समयमा श्रमिकका मुद्दाहरू थप चुनौतीपूर्ण बन्दै गएको र श्रमिकका आधारभूत अधिकार कटौती हुन थालेको बारेमा महाधिवेशनमा विशेष छलफल हुने बताए । उनले श्रम ऐनमा भएका व्यवस्थाको अपव्याख्या गर्दै कार्यस्थलबाट श्रमिक कटौती गर्ने काम सुरु भएकोप्रति आपत्ति जनाए ।
२०८० असार ३ गते
प्रतिक्रिया
सम्बन्धित








