प्रसारण लाइन निर्माणलाई प्राथमिकता नदिए बिजुली आपूर्तिमा समस्या आउँछ : घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारले ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत् आपूर्तिमा समस्या आउने बताएका छन् ।
आइतबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले विद्युत् प्रसारण र वितरण लाइन निर्माणमा राज्यका अन्य कुनैपनि निकायले सहयोग नगरेको भन्दै ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत् आपूर्तिमा समस्या आउने बताए । उनले बिजुली निर्यात गर्न, आन्तरिक उपभोग बढाउन वा बिजुलीबाट आर्थिक लाभ लिन प्रसारण र वितरण लाइनमा सुधार गर्न आवश्यक रहेको बताए ।
उनले प्रसारण र वितरण लाइन निर्माण कार्यलाई सुधार गर्न नसके ऊर्जा क्षेत्रमा लगानी भएको अर्बौँ रुपैयाँ जोखिममा पर्ने सम्भावना रहेको बताए । उनले प्रसारण र वितरण लाइन निर्माणमा गर्दा जग्गा प्राप्ति, रुख कटान लगायत समस्याका कारण प्रसारण लाइन निर्माण हुन नसक्दा बिजुली वितरणमा समस्या देखिएको दाबी गरे ।
उनले विद्युतसमा सबै निकायहरूको सहयोग नभए देशमा ट्रान्समिसन लाइन बनाउन धेरै ठूलो चुनौती रहेको बताए । घिसिङले ट्रान्समिसन लाइन नबने अर्को वर्ष विद्युत् व्यवस्थापन गर्नसक्ने सम्भावना नभएको बताए । उनले हेटौँडादेखि न्युबुटवलसम्मको एमसिसीले बनाउने ४०० केभी लाइन ढिलो भयो भने धेरै विद्युत् खेरा जाने बताए । उनले ट्रान्समिसन लाइनमा ठूलो लगानी आवश्यक रहेको बताए ।
उनले अहिले उत्पादित विद्युत् खपत गर्न र बाँकी रहेको विद्युत् निर्यात गर्नको लागि संरचनामा लगानी गर्न नसके अर्को विस्फोट (डिजास्टर) हुने बताए । उनले ५ वर्ष भित्र सुरु गरेका आयोजनाहरूको निर्माणमा ४ देखि ५ खर्ब रुपैयाँ आवश्यक पर्ने बताए । उनले  पूर्वपश्चिम ट्रान्समिसन, क्रसबोर्डर लाइन  र आन्तरिक सवस्टेसनहरु बनाएर काठमाडौँको विद्युत् सप्लाई सहज बनाउनको लागि करिब ५० देखि ६० अर्ब रुपैयाँ आवश्यक पर्ने बताए । उनले विद्युत् बिस्तारका लागि समग्र मुलुक भरमा करिब ८ खर्बको लगानी आवश्यकता पर्ने देखिएको बताए ।
उनले भने ‘ विद्युत् ट्रान्समिसन लाइन बनाउनको लागि वनको धेरै ठूलो समस्या छ । भन्दा धेरै कुरा हुन्छ । ट्रान्समिसन लाइनको ठूलो समस्या छ । कसरी समस्या समाधान गर्ने सम्पूर्ण राज्य संयन्त्र लाग्नुपर्ने छ । स्थानीय निकाय देखि सङ्घीय सरकार र हरेक व्यक्ति समुदायको सहयोग भएन भने नेपालमा ट्रान्स मिटर लाइन धेरै ठूलो चुनौती छ । जब ट्रान्समिसन लाइन बन्दैन । घरघरमा जाने लाइनको ट्रान्सफर्मर राख्न दिइँदैन । भने कसरी सप्लाई रिलाईएभल हुन्छ । विद्युत् सहज सप्लाईको लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ । यसमा सबै निकायहरूको सहयोग भएन भने यो देशमा ट्रान्समिसन लाइन बनाउन धेरै ठूलो चुनौती छ । ट्रान्समिसन लाइन बनेन भने अर्को वर्ष विद्युत् व्यवस्थापन गर्नसक्ने सम्भावना छैन । हेटौँडादेखि न्यु बुटवलसम्मको ४०० केभी लाइन जुन एमसिसीले बनाउने भनेको छ । त्यो लाइन यदि ढिलो भयो भने हाम्रो पावर पलानबाट भएको धेरै जसो विद्युत् खेर जाने छ । हामी निर्यात गर्नसक्ने स्थितिमा पनि हुँदैनौं । हाम्रो उद्योगहरूलाई पनि विद्युत् दिनसक्ने अवस्थामा हुँदैनौं । त्यो भएको हुनाले यो योजनाहरूलाई कसरी छिटो बनाउने भन्ने तिर सबै निकायको ध्यान जानु जरुरी छ । निर्माणमा एउटा विषय हो भने अर्को लगानीको हो । ट्रान्समिसनलाइनमा ठूलो लगानी आवश्यक छ । अहिले उत्पादित विद्युत् खपत गर्न र बाँकी रहेको विद्युत् निर्यात गर्नको लागि संरचनामा लगानी गर्न सकेनौँ भने अर्को विस्फोट (डिजास्टर)हुने वाला छ । अहिले हामीले हिसाब गर्दा ५ वर्ष भित्र हामीले सुरु गरेका आयोजनाहरूको निर्माणमा ४ देखि ५ खर्ब रुपैयाँ आवश्यक पर्छ । हामीले पूर्वपश्चिम ट्रान्समिसन, क्रसबोर्डर लाइन  र आन्तरिक सवस्टेसनहरु बनाएर काठमाडौँको विद्युत् सप्लाई सहज बनाउनको लागि करिब ५० देखि ६० अर्ब रुपैयाँ आवश्यक पर्छ भने समग्र मुलुक भरमा करिब ८ खर्बको लगानी आवश्यकता पर्ने देखिएको छ । यो लगानीमा विद्युत् प्राधिकरणले सकेको र विदेशी निकायहरूबाट प्राप्त ऋणले पनि पुग्ने अवस्थामा छैन । सबै निकायहरूले अर्थमन्त्रालय देखि सबैले विशेष ध्यान दिनुपर्ने छ ।’
उनले प्राधिकरण नाफामा गएर करिब १ खर्ब रुपैयाँ लगानी नगरको भए अहिले मुलुकमा १६ घण्टा लोडसेडिङ कायम रहने अवस्था रहेको बताए । उनले प्राधिकरण पछिल्लो ६ वर्षमा १ खर्ब रुपैयाँ लगानी गरेकाले लोडसेडिङ अन्त्य भएको दाबी गरे । उनले लोडसेडिङ विद्युत् सप्लाई गरेर मात्रै पनि समाप्त नहुने भन्दै लोडसेडिङ समाप्त गर्नलाई उपभोक्तासम्म जाने सबै बाटो खुला गर्न आवश्यक रहेको बताए ।
उनले नेपालमा ट्रान्समिसन र सवस्टेसन लाइन बनाउन महँगो भएको भन्दै ४०० केभीको ट्रान्समिसन लाइन बनाउन करिब ४ अर्ब रुपैयाँ लाग्ने अवस्था रहेको बताए । उनले प्राधिकरणले सबै जनतालाई विद्युतको पहुँच पुर्‍याउने भनेर अहिले ९५ प्रतिशत पुगेको भन्दै अब बाँकी ५ प्रतिशतलाई पनि विद्युतको पहुँचमा पुर्याउन लागि रहेको बताए ।
उनले ऊर्जा क्षेत्रमा सबैले लगानीको वातावरण बनाइदिन सके अब आउने विद्युतलाई राम्रोसँग खपत गर्नसक्ने स्थिति नहुने बताए । उनले विद्युत् प्राधिकरणले नाफा कमायो भन्दै प्राधिकरणलाई बजेट चाहिँदैन भन्न नमिल्ने बताए । उनले पाँच वर्षभित्र करिब २ खर्बको विद्युत् निर्यात गर्ने उद्देश्यले लगानी भइरहेको बताए । उनले लोडसेडिङ हट्दैमा विद्युतमा लगानी गर्नु पदैन भन्ने कुरा सरकारले गर्न नहुने बताए ।
उनले लगानी गर्ने क्षेत्रले विद्युतलाई बेवास्ता हुने हो भने अर्को समस्या आउने बताए ।
उनले भने ‘विद्युत् प्राधिकरणले केही नाफा गरेको छ । विगत लामो समयदेखि घाटामा गएको विद्युत् प्राधिकरण नाफामा गएको छ । तर विद्युत् प्राधिकरण पाँचदेखि ६ वर्षमा नाफामा नआएको भए विद्युत् प्राधिकरणले करिब १ खर्ब लगानी नगरेको भए । अहिले पनि १६ घण्टा लोडसेडिङमा बस्नुपर्ने स्थिति रहने थियो । लोडसेडिङ विद्युत् सप्लाई गरेर मात्रै पनि समाप्त हुँदैन । लोडसेडिङ समाप्त गर्नलाई उपभोक्तासम्म जाने सबै बाटो खुला गर्नुपर्छ । प्रसारण लाइनहरू बनाउनुपर्छ । ट्रान्समिसन र सवस्टेसन लाइन बनाउन महँगो छ । ४०० केभीको ट्रान्समिसनलाइन बनाउन करिब ४ अर्ब रुपैयाँ लाग्छ । १३२ केभी सवस्टेसन बनाउन २ अर्ब रुपैयाँ लाग्छ । यस्ता सयौँ सवस्टेसनहरु बनाउनुपर्छ । हजारौँ किलोमिटर ट्रान्समिसन लाइन बनाउनु पर्ने छ । प्राधिकरणले सबै जनतालाई विद्युतको पहुँच पुर्‍याउने भनेर अहिले ९५ प्रतिशत पुगेको छ । अब बाँकी ५ प्रतिशतलाई पनि विद्युतको पहुँचमा पुर्‍याउने भनेर लगानी गरिरहेका छौँ । ऊर्जा क्षेत्रमा सबैले लगानीको वातावरण बनाई दिएन सकेनौँ भने अब आउने विद्युतलाई हामीले राम्रोसँग विद्युत् खपत गर्न सक्ने स्थितिमा हुँदैनौं । सरकारलाई म के भन्छु भने विद्युत् प्राधिकरणले नाफा कमायो । प्राधिकरणलाई बजेट चाहिँदैन भन्ने होइन । प्राधिकरणले थप लगानी गर्नुपर्याे त्यसबाट नेपालको व्यापार घाटा विद्युतबाट मात्रै कम गर्नसक्छ । अब पाँच वर्षभित्र करिब २ खर्बको विद्युत् निर्यात गर्नसक्छौं भन्ने उद्देश्यले लगानी भएको छ । तर हामीसँग संरचना भएन भने विद्युत् निर्यात गर्न सक्दैनौँ । विद्युत् खपत र निर्यात गर्न नसक्दा त्यसको असर ठूलो पर्नेछ । लोडसेडिङ हटेको छ । विद्युतमा लगानी गर्नुपदैन भन्ने होइन । अब नेपालमा विद्युतको लागि लगानी आवश्यक भएको छ । लगानी गर्ने क्षेत्रले विद्युतलाई बेवास्ता हुने हो भने अर्को समस्या आउँछ । वनदेखि स्थानीय निकायहरूले सहयोग नगर्ने अनि एउटा ट्रान्समिसन लाइन बनाएन भनेर दोष लगाउन पाइँदैन ।’
उनले देशभित्र लोडसेडिङ गराएर भारतमा बिजुली नबेचेको बताए । उनले नेपालमा विद्युत् कटौती गरेर भारत पठाएको भन्ने सामाजिक सञ्जालमा आएका टिप्पणी सत्य नभएको बताए । उनले प्राधिकरणले प्रयोग गरिरहेको सिस्टममा आएको समस्याका कारण केही समय अघि नेपालले गडबडी झेल्नुपरेको बताए ।
उनले पिक समयमाभन्दा अन्य समयमा उत्पादित विद्युत् बिक्री नगरेमा घाटा हुने बताए । उनले  विद्युत् क्षेत्रमा लगानीका लागि विदेशी र स्वदेशी लगानीकर्तालाई आग्रह गरे । उनले बिजुली बिक्री गर्नु हुँदैन भनेर राष्ट्रघाती अभिव्यक्ति नदिन पनि आग्रह गरे ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + two =