सङ्घीयता बलियो बनाउन वित्तीय सङ्घीयतामा प्रतिबद्ध हुन जरुरी : पदम गिरी

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सङ्घीयतालाई बलियो बनाउन वित्तीय सङ्घीयतामा प्रतिबद्ध हुन जरुरी रहेको बताएका छन् ।

आइतबार गाउँपालिका राष्ट्रिय महासङ्घले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वडाले पनि विनियोजन गर्न नसुहाउने खालको बजेट केन्द्रीय सकरकारले विनियोजन गरेको आरोप लगाए ।

उनले बजेट प्रतिफल आउने ठाउँमा हुन नसकेको बताए । उनले सरकारले बनाएका नीतिमा सरकार इमानदारिताका साथ खरो रूपले उत्रिन सके मात्रै सङ्घीयता बलियो बन्ने बताए ।

उनले भने ‘वडाले पनि विनियोजन गर्न नसुहाउने खालको कार्यविधि केन्द्रीय सकरकारले विनियोजन गरेको छ । अहिलेको पुँजीगत खर्च जुन छ, साढे ३ खर्ब अराउण्डको । हामी त्यो भन्दा ठूलो आकारको वैदेशिक, आन्तरिक ऋण लिएर हामीले त्यो खर्च गर्दैछौँ । हाम्रो नियमित खर्च हाम्रो राजश्व परिचालनबाट धान्नसक्ने अवस्था छैन । यस्तो परिस्थितिमा हामीले वैदेशिक ऋण, आन्तरिक ऋण उठाएर पुँजीगत खर्च गर्दैछौँ । खर्च प्रतिफल दिने ठाउँमा भएको छैन । हामीले ऋण काढेर घिउ खाने खालको कार्यक्रम बनाएका छौँ । हामीले यसबाट समृद्धिको एक पाइला पनि अघि बढाउन सक्दैनौँ । हामीले सङ्घीयतालाई कार्यान्वयन गर्ने हो भने सबैभन्दा पहिला वित्तीय सङ्घीयतामा हामी प्रतिबद्ध हुनुपर्छ । हामीले बनाएका नीतिमा सरकार इमानदारिताका साथ खरो रूपले उत्रिन सक्नुपर्छ ।’

प्रमुख सचेतक गिरीले वैदेशिक ऋण, आन्तरिक ऋण उठाएर पुँजीगत खर्च गरेपनि प्रतिफल आउने ठाउँमा लगानी हुन नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =