सङ्घीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठीक आएन : हीतराज पाण्डे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले सङ्घीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठीक ढङ्गले नआएको बताएका छन् ।

आइतबार गाउँपालिका राष्ट्रिय महासङ्घले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रका प्राथमिकतालाई चयन गरेर बजेट निर्माण गर्न आग्रह गरे । उनले यसरी बजेट विनियोजन हुने क्रम २०७२ सालदेखि नै हुने गरेको बताए ।

उनले बजेट बनाउने प्रक्रियाकै बारेमा सदनमा आफूले कुरा गरिरहेको भन्दै बजेट बनाउने प्रक्रिया नमिलेको बताए । उनले बजेट बनाउने प्रक्रियालाई सच्याउने बताए ।

उनले भने ‘यो बजेटलाई हेर्दा सङ्घीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठिक ढङ्गले आएको छैन । तर यो अहिलेको आर्थिक वर्षको मात्रै कुरा होइन, यो २०७२ सालदेखिको हो । हामीले राष्ट्रका प्राथमिकतातर्फ फर्किनुपर्छ । हामी बजेट बनाउने प्रक्रियाकै बारेमा सदनमा कुरा उठाइरहेका छौँ । यो बजेट मिलेन, प्रक्रिया मिलेन । त्यसमा छलफल गर्दैछौँ । सम्भवतः यसलाई करेक्सन गर्नेछौँ । बजेटमा आएका वस्तुहरूलाई कार्यान्वयन गर्न दृढताकासाथ लागौँ ।’

प्रमुख सचेतक पाण्डेले बजेटमा आएका वस्तुहरूलाई कार्यान्वयन गर्न दृढताकासाथ लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *