बजेट निर्माणमा भएका कमजोरी सच्याउनु पर्छ : रमेश लेखक

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट निर्माण प्रक्रियामा भएका कमजोरीहरू सच्याउन आवश्यक रहेको बताएका छन् ।

आइतबार गाउँपालिका राष्ट्रिय महासङ्घले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेट केन्द्रीकृत हुने गरेको भन्दै यसलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताए । उनले बजेट संघीयताअनुसारको बनाउने कुरामा सबैले काम गर्नुपर्नेमा जोड दिए ।

उनले  सशर्त अनुदान विषयगत बनाइ स्थानीय तहमा पठाउनुपर्ने बताए । उनले सङ्घले राखेका साना योजनालाई स्थानीय तहमा पठाउन आवश्यक रहेको बताए ।

उनले भने ‘यो अहिले मात्रै होइन, २०७२,२०७३ देखि हुँदै आएको छ तर बेठिक कुरा छन् भने परिवर्तन गर्नुपर्छ । यही बजेटमा के गर्न सकिन्छ रु आगामी दिनमा कसरी सच्याउनुपर्छ भन्ने मुख्य कुरा हो । सशर्त अनुदान भनेर दिएको छ, यदि केन्द्रले नै सशर्त अनुदान भनेर दिएकोमा तल जाने नै भयो, तल निश्चित नभनी विषयगत बनाएर पठाउन सकिन्छ की रु सङ्घले राखेका साना योजनालाई स्थानीय तहमा पठाउनुपर्छ ।’

प्रमुख सचेतक लेखकले साना बजेटहरु केन्द्र सरकारले नभई स्थानीय तहलाई नै त्यसको जिम्मेवारी दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *