बजेटले सङ्घीयताको मर्म बुझ्न सकेन : सन्तोष परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अहिलेको बजेटले सङ्घीयताको मर्मलाई बुझ्न नसकेको बताएका छन् ।

आइतबार गाउँपालिका राष्ट्रिय महासङ्घले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आर्थिक रूपमा सङ्घीयताको बारेमा उल्लेख्य काम हुन नसकेको गुनासो गरे । उनले केन्द्रले स्थानीय तहको अधिकार मिचेर सशर्त अनुदान दिएको बताए ।

उनले कार्यविधि केन्द्रले बनाएर स्थानीय तहमा पठाउने कुरा गलत भएको बताए । उनले भने ‘आर्थिक रूपमा सङ्घीयताको बारेमा उल्लेख्य काम भएको छैन । अहिलेको बजेटले सङ्घीयताको मर्मलाई बुझेन । जस्तो सशर्त अनुदानको कुरा छ । त्यो भनेको के हो रु त्यो भनेको केन्द्र हाबी भएको हो । केन्द्रले स्थानीय तहको अधिकार मिचेको हो । कार्यविधि केन्द्रले बनाएर तल पठाउने काम पनि गलत हो । सङ्घीयता व्यवस्थाविरुद्ध जसरी अहिले यो आवाज उठेको छ । सङ्घीयता खर्चालु भयो जस्तो गरेर । यो मिथ्या कुरा गरेर सङ्घीयतामाथि आरोप लगाइएको छ ।’

प्रमुख सचेतक परियारले संघीयताबिरुद्ध खर्चालु भयो भन्नेजस्ता आवाज उठाएर सङ्घीयतामाथि मिथ्या सूचना फैल्याइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =