गएरातीकाे बाढीले अवरुद्ध सडक–पुल मर्मत आजैदेखि सुरु : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीका कारण अवरुद्ध सडक पुल मर्मत तथा पुनःनिर्माण कार्य आजैदेखि थालिने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै शनिबार राती हेवा खोलामा गएको बाढी पहिरोको विषयमा जानकारी दिँदै मन्त्री ज्यावाले संखुवासभा र पाँचथरको उत्तरी क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजदेखि थालिने बताएका हुन् ।
उनले सरकारले बाढीको कारण अवरुद्ध सडक खुला गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको बताए । बाढी पहिरोको कारण भौतिक पूर्वाधार सडक र पुलको मात्रै करिब ५० करोड र केही मानवीय क्षति समेत भएको उनले बनाए । उनले क्षति भएको हेवा खोलाको पुल भत्किएको ठाउँमा बेलिब्रिज बनाउने काम आजैदेखि सुरुवात गरेको बताए ।
उनले १० दिनभित्रमा बेलिब्रिज जडान गर्ने गरी कामलाई अघि बढाएको बताए । बाढीको कारण क्षति भएको विभिन्न स्थानको अवरुद्ध भएको सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय इलाम, यान्त्रिक कार्यालय फिदिम, तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरूलाई मन्त्रालयले निर्देशन दिएको बताए । उनले सडक विभागबाट आकस्मिक रूपमा काम गर्ने गरी बेलिब्रिज निर्माण गर्न डिभिजन कार्यालय इलामलाई निर्देशन दिइएको पनि बताए ।
उनले बेलीब्रिज नबनेसम्म जमिनको सतहबाट नै ड्राइर्भसनको माध्यमबाट सडक खुलाउने तयारी सरकारको रहेको बताए । उनले  वर्षायाम सुरु भएसँगै बाढी पहिरोको कारण सडक अवरुद्ध हुने विषयलाई ध्यानमा राखेर पूर्वतयारको कामलाई अघि बढाएको जानकारी दिए ।
शनिवार राति संखुवासभाको हेवा खोलामा आएको बाढीमा मात्रै १६ जना बेपत्ता भएका छन् । चैनपुर नगरपालिका–४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनामा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएका छन् । बाढी पहिरोका कारण मेची राजमार्ग अवरुद्ध भएको छ ।
बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुलसमेत बगेको छ ।  तमोर करिडोरको ‘बेलीब्रिज’ पनि बाढीले बगाएको छ । फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको छ ।
यस्ताे छ उनकाे भनाइ
‘शनिवार राती हेवाखोलामा आएको बाढीबाट भएको क्षतिको अनुमान करिब गर्दा भौतिक पूर्वाधार सडक र पुलको मात्रै करिब ५० करोड क्षति भएको छ । हाल क्षति भएको हेवा खोलाको पुल भत्किएको ठाउँमा बेलीब्रिज बनाउने काम आजैदेखि सुरुवात गरेका छौँ । आजै हामीले सम्बन्धित कार्यालयमा सम्पर्क गरेर बेलिब्रिज उपलब्ध गराउने र १० दिनभित्रमा त्यो ठाउँमा बेलीब्रिज जडान गर्ने गरी कामलाई अघि बढाएका छौँ । बाढीको कारण क्षती भएको विभिन्न स्थानको अवरुद्ध भएको सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय इलाम,यान्त्रिक कार्यालय फिदिम,तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरूलाई मन्त्रालयले निर्देशन दिएका छौँ । उहाँहरू योजनावद्धरुप अवरुद्ध सडक खुलाउन कामको थालनी गरिसक्नु भएको छ । सडक विभागबाट आकस्मिक रूपमा काम गर्ने गरी बेलीब्रिज निर्माण गर्न डिभिजन कार्यालय इलामलाई निर्देशन दिइएको छ । बेलीब्रिज नबनेसम्म जमिनको सतहबाट नै ड्राइर्भसनको माध्यमबाट सडक खुला गछौं । वर्षायाम सुरु भएसँगै बाढी पहिरोको कारण सडक अवरुद्ध हुने विषयलाई ध्यानमा राखेर पूर्वतयारको कामलाई अघि बढाएका छौँ ।’
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *