सांसद ठाकुर गैरेकाे प्रश्न– सुगौली सन्धिबाट भारत पछि हटेको हो ?

काठमाडौँ । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले के भारत सुगौली सन्धिबाट पछि हटेको हो ? भनी सरकारलाई प्रश्न गरेका छन् ।
भारतले पछिल्लो समय आदिपुरुष सिनेमामार्फत सिता भारतकी छोरी हुन भनेर अत्यन्तै भ्रमपूर्ण सन्देश दिन खोजिरहेको उल्लेख गर्दै यसबारे सरकारलाई स्पष्ट हुन पनि आग्रह गरे ।
आईतबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद गैरेले बुद्धलाई भारतमा जन्मेको भन्ने, कपिलवस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्शांकन गरेर अत्यन्तै गलत काम गरेको भन्दै भारतप्रति आक्रोश पनि व्यक्त गरे । उनले भारतले नेपाललाई ग्रेटर नेपालको बहसतर्फ धकेल्ने प्रयास गरिरहेको उल्लेख गर्दै नेपालको एकइन्च पनि भूमि छोड्ने पक्षमा आफूहरू नरहेको पनि बताए ।
सांसद गैरेले भने ‘नेपालमा जन्मेका गौतम बुद्धलाई भारतमा जन्मेका हुन भन्ने अत्यन्त भ्रमपूर्ण समाचार प्रवाह गर्ने भारत । अहिले कपिलवस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नशांकन गरेर अत्यन्त गलत काम गरेको छ । अहिले फेरी यो आदिपुरे सिनेमाको नाममा सिता भारतकी छोरी हुन भन्ने अर्को भ्रमपूर्ण समाचार सन्देश प्रवाह गर्ने मात्रै होइन । त्यसका लेखकले नेपाल भारतकै अङ्ग हो भनेर अत्यन्त गलत अन्तर्वार्तामार्फत अभिव्यक्ति दिईराखेका छन् । नेपाल सरकार के गर्दैछ ? के भारत सुगौली सन्धिबाट पछाडि हटेको हो ? नेपाल सरकार स्पष्ट हुन जरुरी छ । नेपाललाई ग्रेटर नेपालको बहसतर्फ र त्यसको चाहिँ पक्षधर बनाउने बहसमा धकेल्न खोजेको हो ? यदि भारतले त्यो गर्न खोजेको हो भने नेपाल देशका रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार छ । हामी नेपालको एकइन्च भूमि कसैका लागि सुम्पिन तयार छैनौँ । नेपालको रक्षाका लागि हामी तयार हुनुपर्छ ।’
सांसद गैरेले नेपाल भारतकै अङ्ग हो भन्ने खालको अभिव्यक्ति आदिपुरे सिनेमा लेखकले अन्तरवार्तामार्फत दिएको भन्दै आपत्ति जनाए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *