असार लागेसँगै उपत्यकामा रोपाइँ सुरु (तस्बिरहरू)

काठमाडौँ । नेपालमा मनसुन भित्रिएसँगै असार सुरूबाटै किसानहरू धान रोपाइँमा व्यस्त हुन थालेका छन् ।

यस महिनामा पानी धेरै पर्ने हुँदा किसानहरू धान रोप्न व्यस्त हुने गर्दछन् ।  असार महिनालाई ‘माना रोपेर मुरी फलाउने समय’ पनि भन्ने गरिन्छ । मानालाई मुरी बनाउन किसानले धेरै उल्लासका साथ कडा मेहनत गर्ने गर्दछन् । रोपी छोडेको धानलाई साउन भदाैतिर गोडमेल गरेर मल हालेपछि किसानको आधा काम सकिन्छ । त्यस अवधिभर कुलोबाट पानी लगाइरहनुपर्दछ ।
करिब पाँच महिनाको लामो प्रतिक्षापछि किसानको खेतमा धानको बाला झुल्ने गर्दछन् । पाकेका धानका बाला देख्दा किसानहरूले आफ्ना सबै दुःख बिर्सने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *