रविन्द्र मिश्र लेख्छन्- सांसदलाई ठेकदार/वडा अध्यक्ष बनाउन दिइने रकम झण्डै १७ अर्ब पुग्यो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बिरामीले उपचार नपाइरहेका बेला सांसदलाई रकम बाँडेकोप्रति असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत संसदीय क्षेत्र विकास कार्यक्रमअन्तर्गत संघसहित ६ वटा प्रदेशले सांसदलाई पैसा बाँड्ने कार्यक्रम ल्याएकोप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले भनेका छन् ‘पूर्वाधार निर्माण र विश्वासिलो कार्यविधि’को लेप लगाउँदै सांसदलाई ठेकदार र वडाध्यक्ष बनाउन दिइने रकम झण्डै १७ अर्ब रुपैयाँ पुगेको बताउँदै यो विषय संसद्‌मा उठाउन सांसदहरूलाई चुनौती दिए ।

मिश्रको धारणा :

छ कोही सांसदको आँट ?

कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा हाले पनि जस्ताको त्यस्तै, ‘हम नहिं सुधरेंगे!’ भनेको यही हो ।

प्रदेश र संघको गरेर अब ‘पूर्वाधार निर्माण’ र ‘विश्वासिलो कार्यविधि’को लेप लगाउँदै सांसदलाई ठेकदाररवडा अध्यक्ष बनाउन दिइने रकम झण्डै रू १७ अर्ब पुगेको छ ।

नेपालमा लगभग १,४०० ‘सरकारी डाक्टर’ छन् । नयाँ डाक्टरको दरबन्दी नखुलेको २० वर्ष बढी भयो । अहिलेको समयमा लगभग ७,००० नयाँ डाक्टर नथपी नहुने अवस्था रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् ।

देशको ३०५ विरामीलाई मात्र सरकारी संयन्त्रबाट स्वास्थ्य सेवा उपलब्ध छ। ७०५ ले नीजि स्वास्थ्य सेवा लिन्छन् । हरेक वर्ष उत्पादन हुने झण्डै २,००० नेपाली डाक्टर मध्ये झण्डै १,१०० विदेशिन्छन् । बाँकी सबै नीजि स्वास्थ्य सेवामा संलग्न हुन्छन् ।

यस्तो दयनीय अवस्थामा यदि हरेक वर्ष रू १७ अर्ब स्वास्थ्य सेवा सुधारमा लगाउने हो भने सरकारले एकै पटक ७,००० नयाँ डाक्टरको दरबन्दी खोलेर सयौँ स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्न सक्छ। र त्यसलाई निरन्तरता दिन सक्छ ।

मान्छे सामान्य उपचार नपाएर मरिरहेका छन् । अस्पतालको बिल तिर्न नसकेर आत्महत्या गरिरहेका छन् । पापको पनि सीमा हुन्छ । आफूलाई राजनीतिक फाइदा हुन्छ भनेर ‘तैँ चुप, मैँ चुप !’

छ कोही सांसदको आँट यो विषय संसदमा उठाउने? होइन भने देश विकास र मानवताका गफ नदिए हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *