देशप्रति समर्पित राष्ट्रिय शक्ति निर्माण आवश्यक: अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशप्रति समर्पित राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले इमान्दारितमका साथ देशप्रति समर्पित र जनतालाई सुखी बनाउन सक्ने राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताए ।

“हामी एउटा राष्ट्रिय शक्ति निर्माण गर्न चाहन्छौँ, जो देशप्रति समर्पित होस र त्यसले मुलुकको चौतर्फी विकास, सुरक्षा तथा न्याय प्रदान गर्न सकोस”, उनले भने । अध्यक्ष ओलीले कसैले पनि पराजित गर्न नसक्ने खालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको बताए । उनले निष्ठा र इमान्दारिताका साथ सक्रिय भइ जनताको जीवनमा परितर्वन ल्याउने गरी काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

उनले एमाले सबैका लागि एउटै परिवार जस्तो भएकाले योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइने बताए । उनले पार्टीमा चाकडी चल्ने स्पष्ट पार्दै कामका आधारमा मूल्याङ्कन हुने बताए ।

“कसले कति चाकडी गर्छ भन्ने कुरा पार्टीमा हुँदैन । कामको मूल्याङ्कनबाट आएको पार्टी हो”, उनले भने, “यो आदेशबाट नियुक्त र बर्खास्त गर्ने पार्टी पनि होइन । एमालेले भन्ने बेलामा एउटा र गर्ने बेलामा अर्को काम गर्दैैन ।”

नेपाली समाजको आधुनिक जागरण, सचेतनामा एमालेको भूमिका रहेको भन्दै उनले सामाजिक न्याय, समानता, पछाडि परेका समुदायको हकअधिकारका लागि कम्प्युनिष्ट पार्टी स्थापना गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *