रवि लामिछानेको आग्रह– असार ७ मा देशैभर घण्टी बजाउनु

काठमाडौँ । आफ्नो स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर एकसाथ घण्टी बजाउने भएको छ ।

आफ्ना कमिटी र शुभचिन्तकलाई ७ असार साँझ ७ बजे ७७ पल्ट घण्टी बजाउन  पार्टीका सभापति रवि लामिछानेले आव्हान गरेका हुन् । यसरी घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा ह्यासट्यागसहित पोस्ट गर्न उनले आग्रह गरे । ‘ह्यासट्याग बज्यो घण्टी, ह्यासट्याग अब दुईतिहाइ राखेर पोस्ट गर्नुहुन म हार्दिक अनुरोध गर्दछु’, शनिबार एक भिडियो सन्देशमा लामिछानले भने ।

गत वर्ष ७ असारमा रास्वपा गठन भएको थियो । घण्टी रास्वपाको चुनाव चिन्ह हो ।

मंसिर २०७९ मा भएको प्रतिनिधिसभा चुनावमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको थियो । २०८० सालमा भएको उपचुनावमा पनि सिट थपेसँगै उसको सिटसंख्या २१ पुगेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =