बजेट लुटिएकाे हाे, ल्याइएको होइन : अध्यक्ष राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइएको नभई लुटिएको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले बजेट बनाएर ल्याइएको नभई लुटिएको बताए । उनले बैङ्क लुटे जसरी चार यारहरूले बजेट लुटेको र अँध्यारो कोठामा गएर भागबन्डा गरेको बताए ।
सरकारले जुट्ने क्रम जारी रहेको उनको भनाई छ । अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनैपनि सुझावहरू कार्यान्वयन नहुने गरेको पनि बताए । उनले एक महिना बहस हुँदा पनि बजेटमा कमा र फुलस्टप समेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद र सांसदहरूको निरीहता भएको बताए ।
उनले भने ‘समग्रमा बजेट विनियोजनमा मात्रै चिन्ता नभएर समग्र व्यवस्थामाथि नै प्रहार भएको हो कि, संसद माथि नै प्रहार भएको हो कि भन्नेकुराले बढी चिन्ता मलाई लागेको छ । सरकारको प्रवृत्ति जुन देखिएको छ, त्यसमा सरकारको मन्त्रीहरूमा पात्रता देखिँदैन । संसदमा शून्य समयमा वा अन्य समयमा के कुरा उठाइन्छ, छलफलमा के कुरा उठाइन्छ, त्यसको मतलब गरिँदैन भनेपछि कुनै सुझाव दिनु हुँदैन भनेर हाम्रा विद्वानहरूले भनेकै छन् । बजेट ल्याएको हो कि बजेट लुटेको हो भन्नेकुरा स्पष्ट देखिँदैन । यसो हेर्दा बजेट लुटिएको हो जस्तो देखिन्छ । बजेट बनाएको, ल्याएको होइन । बजेट लुटेको हो जस्तो स्पष्ट देखिन्छ । जसरी बैङ्क लुट्दा खेरी चार यारहरूले बैङ्क लुटेर लग्छन् । त्यसरी बजेटलाई चार यारहरूले लुटेर गएका जस्ता देखिन्छन् । बाटोमा लाँदै गर्दा कतै खुद्रा पैसाहरू खस्दै गएको देखिन्छ । चार यारहरू मिलेर, अँध्यारोमा गएर बाँडफाँट गरेको जस्तो स्पष्ट रूपमा देखिन्छ । स्वाभाविक हो । यो सरकारले लुट्ने क्रम जारी नै राखेको छ । वैशाखमा बारामा मत पेटिका लुटे । जेठमा आएर बजेट लुट्ने काम सरकारले गर्दै आएको छ । लुट्ने प्रवृत्तिको क्रमिक रूपमा जारी नै छ ।’
उनले बजेट योजना र दृष्टि विहीन भएको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 13 =