प्रमुख निर्वाचन आयुक्त थपलियालाई मातृशोक
२०८० असार १ गते

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाकी आमा डम्बरकुमारीको ९० वर्षको उमेरमा कपनस्थित निवासमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
दिवङ्गत थपलियाको अहिले ११ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । उनका चार छोरा र तीन छोरी छन् ।
२०८० असार १ गते
प्रतिक्रिया
सम्बन्धित








