‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिए काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने बालेनको घोषणा

काठमाडौं महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिए काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन्।
बिहीबार साँझ सामाजिक सञ्जालमा लेख्दै बालेनले फिल्ममा समावेश उक्त शब्दलाई लिएर आपत्ति जनाएका हुन्।
फिल्ममा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने उनले उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै उनले नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने अडान राखेका छन्। यसका लागि तीन दिनको समय दिइएको छ। त्यो अवधिमा पनि नसच्चिए काठमाडौंमा कुनै पनि हिन्दी फ्लिम चल्न पाउने छैनन्।
‘दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन’, उनले उल्लेख गरेका छन्।
शुक्रबारदेखि विश्वव्यापी रूपमा फिल्म प्रदर्शन हुन लागेको छ।








