भारतको हेपाहा ब्यवहार सह्यै हुन्नः रघुजी पन्त

काठमाडौं। नेकपा(एमाले)का सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्शा राख्नु भारतको हेपाहा व्यवहारबिरुद्धको प्रतिक्रिया भएको बताएका छन् ।

बिहीवार संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले मेयर शाहले ग्रेटर नेपालको नक्शा राख्नु भारतको हेपाहा व्यवहारबिरुद्धको प्रतिक्रिया भएको बताएका हुन् ।

उनले भारतले नेपालको भूमी समावेश गराएर नक्शा राख्नु आपत्तिजनक भएको बताए ।

उनले भने– ‘बालेनजीले नक्सा राख्नुलाई म के भनेर बुझ्छु भने भारतले गरेको हेपाहा ब्यवहारबिरुद्धको प्रतिक्रिया हो । तर उनीहरुको भन्दा हाम्रो नक्शा अलि संयमित छ । बालेनले राखेको नक्शामा सुगौली सन्धी अगाडीको नेपाल भनेर फरक रङमा छ । अहिलेको नेपाल भन्ने फरक रङमा छ । सुगौली सन्धी अगाडीको नेपाल र अहिलेको नेपाल छुट्टीन्छ । खाली पहिलेको नेपाल कत्रो रहेछ भनेर ऐतिहासिक नक्सा हो । भारतको नक्शामा छुट्टीदैन । हेर्ने मान्छे झुक्किन्छ । अहिलेकै भारत यत्रो हो कि भनेर । त्यो त झन आपत्तिजनक कुरा भयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 17 =